खोजी विशेष संवाददाता
अस्ट्रेलिया २८, कार्तिक
अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा रहेको नेपलिज किड्स इभेन्ट नामक संस्थाबाट आयोजित देउसी भैलो कार्यक्रम बाट ४ हजार अस्ट्रेलियन डलर संकलन भएको छ ।
आइतबार टुओम्बामा रहेको डार्लि· हाईट्स स्टेट स्कुल र सोमबार जीवन चौलागाईको घरमा गरी दुई दिन दुई ठाँउमा मात्र खेलिएको देउसी भैलो बाट सो रकम संकलन भएको हो । संकलित रकम नेपलिज किड्स इभेन्ट नामक संस्था नेपाली पाठशाला कार्यक्रमलाई निरन्तरता दिन खर्च गरिने नेपलिज किड्स इभेन्टका अध्यक्ष राजन खतिवडाले जानकारी दिनुभयो ।
देउसी भैलोमा अस्ट्रेलियामा जमेन्का स साना बाबुनानीहरु भट्टाउने गाँउने तथा नाँच्ने गरेका थिए ।
नेपलिज किड्स इभेन्टको देउसी भैलोलाई नेपलिज एशोशिएसन अफ टुओम्बाले साथ दिएको थियो । जसमा नेपाली अभिभावक बुवा आमाहरुको समेत उपस्थिति भएको थियो ।
