खोजी विशेष संवाददाता
पोखरा २६, कार्तिक
जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै कास्की जिल्ला भित्र राती ९ बजे पछाडि देउसी भैलौ खेल्न नपाइने निर्णय गरेको छ ।
सोही निर्णयको अनुसरण गर्दे जिल्ला प्रहरी कास्कीले पनि देउसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवम सवारी आवागमनमा अवरोध नहुने गरी रातीको ९ बजे सम्म मात्र खेल्न अनुरोध गरेको छ ।
यता केही सामाजिक सञ्जालहरुमा भने देउसी भैलोको समय सीमालाई लिएर भने चर्काे विरोध भै राखेको छ ।
चाडपर्व र सँस्कृति माथि समयको बन्देज लगाउने अनि अंग्रेजी नयाँ बर्षमा भने कुनै समय सीमा नहुने भन्दै सामाजिक सञ्जालमा चर्काे विरोध भै राखेको छ ।
