खोजी विशेष संवाददाता
नोभेम्बर ८, टुओम्बा
नेपाली हिन्दु समाज अस्ट्रेलियाले अस्ट्रेलियामा विभिन्न मुख्य शहरहरुको लक्ष्मीपुजा र भाईटीकाको साइत सार्वजानिक गरेको छ ।
अन्तराष्ट्रिय पञ्चा· निर्णायक समितिको सहकार्यमा नेपाली हिन्दु समाज अस्ट्रेलियाले यस बर्षको लक्ष्मी पूजा र भाईटीकाको साइत सार्वजानिक गरेको छ ।
यस बर्ष लक्ष्मी पूजा कार्तिक २६ अर्थात नोभेम्बर १२ र भाईटीका कार्तिक २९ अर्थात नोभेम्बर १५ तारिखमा रहेको छ । तर अस्ट्रेलियाको लागि भने कार्तिक १३ गते अर्थात नोभेम्बर १३ तारिख सोमबार शुभ मानिएको छ ।
अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा लक्ष्मी पूजा नोभेम्बर १३ तारिख सोमबार साँझ ७ बजेर ४५ मिनेट र भाईटिका नोभेम्बर १५ तारिख बुधबार विहान ११ बजेर १५ मिनेट उत्तम मानिएको छ ।
त्यसैगरी मेलवर्नको लागि लक्ष्मीपूजा साँझ ८ बजेर २२ मिनेट र भाईटीका विहान ११ बजेर ३४ मिनेट उत्तम रहेको छ ।
विस्रवेनको लागि लक्ष्मी पूजा साँझ ६ बजेर २६ मिनेट र भाईटीकाको उत्तम साईत विहान १० बजेर १५ मिनेट रहेको छ ।
एडिलेड शहरको लागि लक्ष्मीपूजा साँझ ८ बजेर ११ मिनेट र भाईटीकाको उत्तम साइत विहान ११ बजेर २१ मिनेट रहेको छ ।
क्यानवेराको लागि लक्ष्मी पूजा साँझ ७ बजेर ५६ मिनेट र भाइटीका विहान ११ बजेर ११ मिनेट उत्तम रहेको छ ।
तास्मेनियाको लागि लक्ष्मी पूजा साँझ ८ बजेर ७ मिनेट र भाईटीकाको लागि विहान १० बजेर ४६ मिनेट उत्तम मानिएको छ ।
त्यसैगरी पर्थको लागि लक्ष्मीपूजा साँझ ७ बजेर ६ मिनेट र भाईटीकाको लागि विहान ११ बजेर ३० मिनेट उत्तम मानिएको छ ।
डार्विन शहरको लागि लक्ष्मीपूजा साँझ ७ बजेर ५ मिनेट र भाईटीका ११ बजेर २५ मिनेट उत्तम रहेको छ ।
लक्ष्मीपूजाको लागि विभिन्न शहरका तोकिएको समयबाट ३ घन्टा भित्र गर्न सकिने जनाइएको छ ।
नेपाली हिन्दु समाज अस्ट्रेलियाले अन्तराष्ट्रिय पञ्चा· निर्णायक समिति सँग सहकार्य गर्दै हरेक बर्षको विजयादशमी तथा शुभ दीपावलीको शुभसाइतहरु सार्वजानिक गर्दै आइरहेको छ ।
