गोविन्द तिमिल्सिना
हेमजा, २० कार्तिक
पोखरा महानगरपालिका वडा न. २५ वडा कार्यलयले हेमजामा रहेका तथा हेमजामा कृषि प्रयोजनका लागि आएका ट्याक्टरको भाडादरमा एकरुपता ल्याएको छ ।
अहिले ट्यक्टर ब्यबसाहिले लिदै आएको भाडामा मनपरि भएको भन्दै जनगुनासो आएकाले एकरुपता बनाउनु पर्नेमा जोड दिदै वडामा बैठक बसि यस्तो निर्णय गरिएको हो ।वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले ठुलो ट्याक्टरलाई प्रति घण्टा रू २ हजार ३००, मझौला(पावर टेलर)ट्याक्टरलाई प्रति घण्टा रु. १ हजार ५०० र .सानाे हाते ट्याक्टरलाई प्रति घण्टा रु. १हजार २०० मा जोट्नु पर्ने निर्णय भएको छ । बैठकमा वडा कृषि संजालको साथमा ट्याक्टर संचालकको सहभागीता रहेको थियो ।
हेमजामा कृषि गर्ने समय भएको हुदा ट्याक्टरको भाडादरमा एकरुपता ल्याउने निर्णय गरिएको वडा अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । उहाँले ताेकिएकाे दर भन्दा बढी लिएको पाईएमा नियमानुसार कारवाही गरिने भएकोले बढी पैसा लिए कृषकले जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्नुभयो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com