गोविन्द तिमिल्सिना

हेमजा, ५ कार्तिक

पोखरा महानगरपालिका वडा न. २५ ले उज्यालो वडा, कार्यक्रम अन्र्तगत सडकबत्ती जडान गरिएको छ ।

वडाका विभिन्न चोकमा स्मार्ट लाइट र एकवटा हाइमास्ट लाइटको जडान गरिएको वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिनुभयो । गत वर्ष वडाका केही चोकमा सडकबत्ती जडान गरिएकोमा यसलाई निरन्तरता दिदै थप जडान गरिएको हो । यश वर्ष ५५ सडकबत्ती जडान गरिएको र दशैपछि थप ४० सडकबत्ती जडान गरिने वडा अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार बत्तीमा जडित सिस्टमले सूर्योदय र सूर्यास्त समय आफैं पत्ता लगाउने हुनाले सोहीअनुसार स्वचलित रुपमा बत्ती बल्ने र निभ्ने छ ।

त्यस्तै हेमजाको मिलनचोकमा जडान गरिएको हाइमास्ट १६ मिटर अग्ला भएको र त्यसमा २ सय वाटको ८ वटा बत्ती प्रयोग गरिएको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com