
खोजी विशेष संवाददाता
अस्ट्रेलिया ४, मंसिर
अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बामा विगत १० बर्ष देखि बसोबास गर्दै आइरहेकी पुनम चौधरीले यस बर्ष पनि छठ पुजा गरिन ।
सन २०१८ बाट छठ पुजा सुरु गरेकी पुनमले हरेक बर्ष आफूले सकिञ्जेल सम्म निरन्तर रुपमा छठ पुजा गर्ने सोच बनाएकी छन् ।
परदेशमा उपलब्ध हुने श्रोत तथा साधनबाट नै उनले निष्ठा पूर्वक विधि पु¥याएर पुजा गरेकी हुन् ।

उनले यस बर्ष आफनै निवास बाट छठी माताको पुजा गरिन, उनको पूजालाई उनका श्रीमान सुनिल चौधरीले सघाए, पुनमको लागि घरमै रेडिमेड पुल बनाए, आवश्यक सर साम्रगी जुटाए, उखु, नरिवल तथा अन्य साम्रगीहरुको जोहो गरे । पुनमले छठपूजाको लागि महिना दिन अघि बाट नै चोखो निष्ठ बन्ने, माछा मासु नखाई, लसुन प्याज नखाई कन आफूलाई तयार राखिन त्यसपछि छठको पहिलो दिन बाट नै कठोर ब्रत बसिन, पानी समेत खाईनन् ,छठको तेश्रो दिन आधा डुबेर अस्ताउन लागेको सूर्यलार्य अर्घ दिइन त्यसपछि फेरी पुजा गरिन र चौथो दिन विहान सूर्य उदाउनु अघि नै सूर्यलार्इं अर्घ दिएर छठ पूजा सम्पन्न गरिन्। घरमा आएका साथीभाई तथा छरछिमेकीलाई प्रसाद वितरण गरिन् ।

नेपालमा जस्तो सजिलै छठ पूजाका लागि उपलब्ध सामाग्री नपाइने, ताल तलाउ नदीहरु छठपूजाको लागि सजिलै प्रयोग गर्ने नपाइने साथै यहाँको काम, वेस्तता अनि आफना स साना बाबुनानीको रेखदेख गर्नुपर्ने भएकाले पनि नेपालमा जस्तो गरेर पुजा गर्ने नसिकने पुनमको अनुभव थियो ।
नेपालको रौतहटमा जन्मिएर हुर्किएकी पुनमले आफू सानो हुदाँ देखि नै परिवारमा आमाहरुले छठ पूजा गरेको राम्रो सँग देखिएकी थिइन् सोही अनुरुप पनि उनमा परदेशमा भए पनि आफनो धर्म संस्कृति मुल्य मान्यता विर्सन नहुने र विधि पूर्वक निष्ठा पूर्वक पुजा गरेमा छठी माताको आर्शिवाद मिल्ने तथा मनोकाङछा पुरा हुने पुनमको बुझाई थियो ।
छठी पुजाको लागि आफू भित्रै मन देखि नै तयार हुनुपर्ने र पूजा गर्दा विधि पु¥याएर गर्न नसकेमा पुजा फलदायी नहुने उनले बताईन ।
नेपालको तराई क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्ला बर्षहरुमा विभिन्न देश विदेशका ठाँउहरुमा मनाइदैँ आएको छ ।
सद्धभाव र भातृत्वको प्रतीक समेत मानिने यस पर्वलाई बढो हर्ष अनि उल्लासका साथ नदी, ताल , तलैया या पोखरीको किनारमा श्रृङगार गरेर तयार पारिएका घाट, केराका थम्बा झिलिमिली बत्ती विच अस्ताउँदो तथा उदाँउदो दुवै सूर्यको किरणलाई अर्घ दिएर यो चाड मनाइने गरिन्छ ।
