पोखरा १२, मंसिर

रोट्र्याक्ट क्लब अफ हेमजाको १२ औं पदस्थापन कार्यक्रम शनिवार पोखरा २५ हेमजामा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा युनिर्भसिटी हेल्थ / साइन्स का डिन प्रोफेसर डक्टर अमर नागिल्लाले क्लबले अझै यस्तै राम्रा काम गर्दै जानु पर्छ भन्दै शुभकामना दिनु भयो । साथै आफु पनि रोट्रयाक्ट क्लब अफ हेमजा लाई सहयोग गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा रोटरी क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष रोटरीयन टोय बहादुर भट्टराई, क्लबका मेन्टर रोटरीयन जनपुकार मनोङकमी बिश्व दर्शन पराजुली र जोन १७ का शासोत न्यौपाने लगाएत समाजसेवी ब्यक्तिको सहभागीता रहेको थियो ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष ई.विकल थापाले आफ्नो कार्यकाल 2022/23 मा गर्नु भएका कार्यक्रमहरु प्रस्तुत गर्दै आफ्नो कार्यकालमा साथ सहयोग गर्नु हुने सम्पूर्ण प्रती आभार प्रकट गर्दै बिभिन्न बिधामा अवार्ड प्रदान गर्नु भएको थियो । क्लबका अध्यक्ष बिशाल बाँस्तोलालाई सपथ ग्रहण विश्व दर्शन पराजुलीले गराउनु भयो । कार्यक्रमका सभापति क्लबका अध्यक्ष बाँस्तोलाले भाबि योजना बताउदै आफ्नो कार्यकाल पनि उत्कृष्ट बनाउने र यस को लागी सबैको साथ सहयोगको आवश्यक रहेको बताउदै कार्यसमितिहरुलाई सपथ ग्रहण गराउनु भयो । क्लबका पूर्व अध्यक्ष ई. विकल थापाले आफ्नो कार्यकालमा भएका गतिबिधि र भाबि योजनामा तयार तयार पारी छापिएको सार्थक नामको किताब प्रकाशन गर्नु भएको थियो ।

प्रकाश पौडेलले स्वागत गरि सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन अपेक्षा बाँस्तोलाले र सञ्चालन सचिव राज पौडेल र सहसचिव सम्झना अधिकारीले गर्नुभएको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com