खोजी विशेष संवावददाता
पोखरा २९, पौष
हेमजा साहित्य प्रतिष्ठान नेपाल को आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठान को सहकार्य मा पोखरा २५ हेमजा मा एक महिने सारङ्गी प्रशिक्षण कार्यक्रम शुक्रबार सुरु भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपाल को रजत जयन्ती को अवसर मा गरिने २५ विशेष कार्यक्रम अन्तर्गत को १५ ओैँ कार्यक्रम मा सारङ्गी प्रशिक्षण आयोजना गरिएको हो ।
गण्डकी प्रज्ञा प्रतिष्ठान का उपकुलपति गोरे गुरुङ ले हामी ले मन्तव्य राख्ने क्रम मा सम्बोधन गर्दा समय को बर्बाद हुने हुँदा एकमुष्ट सम्बोधन राखी आफ्नो कुरा व्यक्त गर्नु पर्ने भन्दै सारङ्गी को इतिहास पोखरा को बाटुलेचौर बाट सुरु भएको उल्लेख गर्नु भयो । सारङ्गी प्रशिक्षण मात्र नभई एसको स्वर लिपि बनाउन आवस्यक रहेको बताउनु भयो ।
कार्यक्रम मा संस्थापक सचिव कोबिदशरण उपाध्याय, पुर्व अध्यक्ष एवम् गौरीशंकर क्याम्पस का प्रमुख प्राज्ञ कृष्णप्रसाद पौडेल, पुर्व सल्लाहकार तथा पत्रकार प्रकाशचन्द्र सापकोटा, प्रशिक्षक सम्बर बहादुर गायक, पुर्व अध्यक्ष एवम् पोखरा महानगरपालिका वडा न. २५ का निवर्तमान अध्यक्ष सोभाकर तिमिल्सिना लगायत ले शुभकामना दिनुभयो ।
प्रतिष्ठान का अध्यक्ष बलराम पौडेल को अध्यक्षता मा सम्पन्न कार्यक्रम मा स्वागत उपाध्यक्ष सुनिल गायक ले र सञ्चालन सचिव परशुराम अधिकारी ले गर्नु भएको थियो । कार्यक्रम एहि पौष २७ गते देखि माघ २७ गते सम्म संचालन रहनेछ ।
