खोजी विशेष संवाददाता
जनवरी १७, टुओम्बा
नेपलिज किड्स इभेन्टको मुख्य आयोजना तथा नेपलिज एसोशिएसन अफ टुओम्बाको सहकार्यमा यही आँउदो जनवरी २० तारिख शनिबारका दिन बनभोज कार्यक्रम हुने भएको छ ।
विहान ९ बजे देखि साँझ ६ बजे सम्म हुने भनिएको बनभोज कार्यक्रम वाइभनहोइ डयाममा हुने बताइएको छ ।
बनभोज कार्यक्रममा करिब ६५ जना वालवालिका र तिनका अभिभावक गरेर कुल १ सय ५० भन्दा बढीको सहभागीता रहने आयोजकले जनाएको छ ।
बनभोज कार्यक्रम अनुसार विहान ९ देखि ११ बजे ब्रेक फास्ट, ११ देखि २ बजे सम्म किड्स सपोर्ट प्लानको बारेमा छलफल, दिँउसो २ देखि ३ः३० बजे सम्म लन्च, ३ः३० बजे देखि ४ः३० बजे गायन तथा नृत्य र दिँउसो ४ः३० देखि ५ः३० बजे सम्म डिनर र त्यसपछि सरसफाई तथा फर्किने कार्यक्रम हुने आयोजकले जनाएको छ ।
नेपलिज किड्स इभेन्टले यस अघि नै सामाजिक सञ्जाल फेसवुक पेज मार्फत पिकनिकमा सहभागि हुन चाहानेहरुका लागि सूचना जारी गरेको थियो ।
फ्रि इभेन्ट मानिएको पिकनिक कार्यक्रममा भने सहभागी इच्छुक अभिभावकले स्वयम टान्र्सपोटको व्यवस्था गर्नुपर्ने आयोजकले जनाएको छ ।
नेपलिज किड्स इभेन्टले विगतका बर्षहरुमा पनि पिकनिकको व्यवस्था गरेको थियो ।
