खोजी विशेष संवाददाता
टुओम्बा, २० जनवरी
नेपलिज किड्स इभेन्ट टुओम्बाको मुख्य आयोजना तथा नेपलिज एसोशिएसन अफ टुओम्बाको सहकार्यमा भएको बनभोज कार्यक्रम शनिवार भव्य रुपमा सम्पन्न भएको छ ।
बनभोज कार्यक्रममा नेपलिज किड्स इभेन्टका बालबालिका र उनीहरुका अभिभावक सहित गरेर कुल १ सय ८७ जनाको सहभागिता रहेको आयोजकले अनुमान गरेको छ ।
बनभोज कार्यक्रममा बालबालिकाका निमित्त विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन गरिएको थियो । जसअन्र्तगत क्रिकेट, फुटबल, रेसि· तथा टेवलटेनिस लगायतका खेलकुदका कार्यक्रम सञ्चालन गरिएको थियो भने उत्कृष्ट सहभागी खेलाडी बाबुनानीहरुले मेडल समेत प्रदान गरिएको थियो ।
बनभोज कार्यक्रममा सहभागिहरुले विहानको नास्ता, दिँउसोको खाजा तथा फु्रट, कोल्ड ड्रि·स, नाँचगान गरेका थिए ।
नेपलिज किड्स इभेन्टका संयोजक राजन खतिवडाले नेपलिज किड्स इभेन्टको बर्तमान अवस्था, किड्स इभेन्टले सञ्चालन गर्ने नेपाली पाठशाला कार्यक्रमको आगामी तथा भावी योजनाको बारेमा समेत जानकारी दिनुभयो ।


क्वीन्सल्याण्डको वाइभनहोए डयाममा बनभोज कार्यक्रम गर्ने भनेर सूचना सार्वजानिक गरेपनि बनभोज कार्यक्रम गर्ने स्थान विशेष कारण बस बन्द भएकाले स्थान परिवर्तन गरेर क्रिसबु्रक डयाम्म सारिएको आयोजकले जनाएको छ ।
स्थान परिवर्तका कारण पर्न गएको असर प्रति समुदाय समक्ष आयोजकले क्षमा मागेको थियो।
नेपलिज किड्स इभेन्टले नेपलिज एसोशिएसन अफ टुओम्बा सँगको सहकार्यमा गत बर्ष पनि बनभोज कार्यक्रमको आयोजना गरेको थियो ।
शनिवार सम्पन्न बनभोज कार्यक्रममा विभिन्न क्षेत्र बाट सहयोग पु¥याएर पिकनिक कार्यक्रम सफल पार्न सहयोग गर्नुभएका, सहयोगी दाताहरु, भोलुन्टियर तथा पिकनिक स्थलमा सहयोग पु¥याउनु भएका सम्पूर्ण प्रति आयोजक आभारी रहेको नेपलिज किड्स इभेन्टका अध्यक्ष राजन खतिवडाले खोजी विशेषलाई जानकारी दिनुभयो ।

 

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com