गोविन्द तिमिल्सिना
हेमजा, ६ माघ
हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघ पोखरा २५ हेमजाको २४ औं बार्षिक साधारण सभा तथा १२औं अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले झंकनाथ तिम्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा पार्बती थापा, सचिवमा कृष्ण तिम्सिना र कोषाध्यक्षमा मदन बहादुर थापा चयन हुनु भएको छ । अन्य सदस्यमा मनोहरी तिम्सिना, बिश्वबन्धु थापा, पुर्ण बहादुर कार्की , नारन बहादुर के.सी.,सम्झना थापा, दिननाथ तिम्सिना र देबी थापा रहनु भएको निर्वाचन कमिटी सदस्य तिलक प्रसाद तिम्सिनाले बताउनुभयो ।
पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं २५ न. वडा सदस्य धन कुमारी पोखरेल तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सल्लाहकार दानबहादुर थापा र उपभोक्ता मोतीराम तिम्सिनाले शुभकामना दिनुभएको थियो ।कार्यक्रममा सचिव झंकनाथ तिम्सिनाले वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष झबिलाल सापकोटाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकोमा सभाले पारित गरेको थियो ।
उपभोक्ता संघकाअध्यक्ष दुर्गा प्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पार्बती थापाले र सञ्चालन सचिव झंकनाथ तिम्सिनाले गर्नुभएको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com