खोजी विशेष संवाददाता
पोखरा ७, माघ
लियो क्लब अफ हेमजाले हेमजामा पहिलो पटक अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ ।
यही माघ १० गते बुधबार देखि १२ गते शुक्रबार सम्म हेमजा गैरी खेल मैदानमा सञ्चालन हुने ११ ए साइड फुटबल प्रतियोगितामा हेमजा भित्र रहेका ४ सामुदायिक, ३ संस्थागत तथा प्राइभेट बोडि· स्कुलको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय साथै अन्य उत्कृष्ट विधामा विभिन्न पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
लियो क्लब अफ हेमजाले अन्य विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको भएतापनि यस बर्ष देखि खेलकुदको माध्यमबाट विद्यार्थी भाई बहिनीहरुमा एकता तथा भाइचाराको सम्बन्ध कायम गर्दे विद्यालयका बालबालिकाहरुलाई खेलुकदमा अभिरुचि जगाई राख्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको लियो क्बल अफ हेमजाका अध्यक्ष मनोज त्रिपाठीले खोजी विशेषलाई जानकारी दिए ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com