
खोजी विशेष संवाददाता
डिसेम्बर १७, टुओम्बा
अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा आयोजित खुकुरी कप २०२३ को उपाधी आयोजक आफैले आफनो कोल्टामा पारेको छ ।
टुओम्बा नेपलिज फुटबल क्लबको आयोजना, गैर आवासीय नेपाली संघ क्वीन्सल्याण्ड च्याप्टरको प्रस्तुतिमा सञ्चालित सेभेन ए साइड फुटबल प्रतियोतिगतामा कुल १६ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा आयोजक टिम सँगै विस्रवेन, गोल्डकोष्ट तथा सनसाइनकोष्ट बाट विभिन्न टिमहरुको सहभागिता रहेको थियो ।
टुओम्बा नेपलिज फुटबल भर्सेस सिम्रिड्ढ फुटबल क्लब विस्रवेन वीच भएको फाइनल खेलमा टुओम्बा नेपलिज फुटबल क्लबले सिम्रिड्ढ फुटबल क्लबलाई ५—१ को फराकिलो अन्तर पार्दै जित आफनो कोल्टामा पारेको हो ।
उपाधि चुमेसँगै विजेताले नगद ५ हजार अस्ट्रेलियन डलरका साथ, ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ । त्यस्तै प्रतियोगिताको उपविजेता बनेको सिम्रिड्ढ फुटबल क्लब विस्रवेनले नगद २ हजार अस्ट्रेलियन डलरका साथ, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगिताको सेकेन्ड रनर अफ गोर्खा फुटबल क्लब ओरेन्ज गुप्र ले नगद १ हजार अस्टे«लियन डलरका साथ मेडल र प्रमाण पत्र हात पारेको छ ।
प्रतियोगितामा नर्देन फुटबल क्लब फेयर प्ले टिम घोषित भयो भने , उत्कृष्ट गोलकर्तामा गोर्खा फुटबल क्लब ओरेन्ट गुप्रका व·ेल लामा घोषित भए, उत्कृष्ट गोल रक्षकमा सिम्रिड्ढ फुटबल क्लबका कुमार क्षेत्री घोषित भए भने प्लेयर अफ टुर्नामेन्ट टुओम्बा फुटबल क्लबका सुनिल वल घोषित भए ।
कार्यक्रममा प्रतियोगितालाई सफल बनाउन सहयोग पु¥याएका, कम्युनिटी सर्पाेटर संघ संस्था, आर्थिक सहयोग दाता लगायत विभिन्न क्षेत्रबाट सहयोग पु¥याउनुभएका हरुलाई मायाको चिनो वितरण गरिएको थियो ।
खेलको सुरुवात देखि अन्यसम्म शैलेश थापाले कार्यक्रमको सञ्चालन गरेका थिए । आयोजक टुओम्बा नेपलिज फुटबल क्लबले खेल आयोजना देखि सञ्चालन तथा सम्पन्न सम्म साथ दिएका सम्पूर्ण सहयोगि संघसंस्था, स्पोन्सर दाता, भोलुन्टियर देखि समन्वय तथा सहकार्य गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको आयोजकले जनाएको छ ।
