खोजी विशेष संवाददाता
डिसेम्बर १६, टुओम्बा
टुओम्बा नेपलिज फुटबल क्लबको मुख्य आयोजना तथा गैर आवासीय नेपाली संघ क्वीन्सल्याण्ड च्याप्टरको प्रस्तुतीमा दोस्रो संस्करणको खुकुरी कप २०२३ हुने भएको छ ।
टुओम्बा स्थित हयूम स्ट्रिटमा रहेको खेल मैदानमा आइतबार विहान ८ बजे देखि सुरु हुने प्रतियोगिता साँझ ६ बजे समापन हुनेछ ।
प्रतियोगिताको लागि आयोजक टिम सहित कुल १६ टिमको सहभागिता रहने छ । विभिन्न ४ समूहमा विभाजन गरि प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा क्वीन्सल्याण्ड भित्रकै १६ टिम सहभागि छन् ।
यस वर्ष प्रतियोगिताको विजेताले नगद ५ हजार अस्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाण पत्र पाउने भएको छ भने उपविजेताले नगद २ हजार अस्ट्रेलियन डलर, ट्रफी, मेडल र पत्र पत्र साथै प्रतियोगितामा तेश्रो स्थान प्राप्त गर्न सफल टिमले नगद १ हजार अस्टे«लियन डलरका साथ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, म्यान अफ दी म्याच लगायत विद्यामा समेत पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
टुओम्बा खुकुरी कप २०२३ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई सफल बनाउन टुओम्बा स्थितका विभिन्न सामाजिक संस्था तथा समुहको सहायता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताले विभिन्न क्षेत्र तह तथा तप्काबाट आर्थिक सहयोग पु¥याएका विभिन्न व्यवसायिक संघ संस्था तथा व्यक्ति विशेषलाई धन्यवाद ज्ञापन गरेको टुओम्बा नेपलिज फुटबल क्लबका अध्यक्ष कृष्ण श्रेष्ठले खोजी विशेषलाई जानकारी दिनुभयो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com