गोविन्द तिमिल्सिना
हेमजा, २३ कार्तिक

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ६ धितालमा वडा अध्यक्ष रनिङ शिल्डको दोस्रो संस्करण हुने भएको छ ।

भेडाबारी स्थित बराह माविको खेल मैदानमा मंसिर २ गतेदेखि ४ गते सम्म रनिङशिल्ड सन्चालन हुन लागेको हो ।
खेलकुद एकताको लागि, एकता समृद्धिका लागि भन्नेनारा सहित माछापुच्छ्रे गाउँपालिका वडा नं ६ मावडाअध्यक्ष कप सञ्चालन समितिले सो खेलकुद प्रतियोगिता गर्न लागेको हो ।प्रतियोगितामा सेभेन ए साइड फुटबल,भलिबल, ३००० मिटर र १०० सय मिटरको दौड प्रतियोगिता ,ठेलो प्रतियोगिता, घैँटो फुटाई,रस्साकस्सी बुद्धि चाल जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपूर्ण फुटबल लगायतका बिविध खेलकुद प्रतियोगिता हुने वडाध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन समितिका अध्यक्ष सन्देश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वडास्तरदेखी नै खेलकुद प्रतियोगिता आयोजना गरी स्थानीय युवाहरुबीच भाइचारा अभिवृद्धि र स्थानीयस्तरका प्रतिभावान् खेलाडी पहिचान गर्नु प्रतियोगिता को प्रमुख उद्देश्य रहेको छ ।
अध्यक्ष शन्देस अधिकारीले स्थानीय खेलाडीको पहिचान गरेर व्यवस्थापनको मार्ग सहित स्थानीय समृद्धिका लागि वडाध्यक्ष कपको आयोजना गरिएको र यसले यस क्षेत्रको खेलकुद एवम् पर्यटन प्रवद्र्धनमा योगदान पुग्नेमा आशबदी रहेको बताए । वडाध्यक्ष कपका लागि विभिन्न शीर्षकमा रु ५ लाख ५० हजार खर्च हुने समितिले अनुमान गरेको छ।वडाध्यक्ष कपका लागि वडाले चालू आर्थिक वर्षमा रु ४ लाख बजेट विनियोजन गरेको छ । प्रतियोगितामा सम्पूर्ण खेलका बिजयताहरुले नगद पुरस्कार साथै साथमा ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्र्नेेछन् ।प्रतियोगिताका सम्पूर्ण खेलहरूमा टिम दर्ता भने नि शुल्क गरिएको छ। प्रतियोगितामा प्रथम हुनेले २०हजार नगद टर्फी मेडल र प्रमाण पत्र पाउने छन भने द्धितिय हुनेले १२ हजार नगद टर्फी मेडल र प्रमाण पत्र र उत्कृष्ट गोल रक्षक,सर्बाधिक गोल कर्ताले समेत पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com