
गोविन्द तिमिल्सिना
हेमजा, १ कार्तिक
पोखरा २५ हेमजामा सञ्चालन हुन लागेको सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकप स्थगित भएको छ ।
हेमजा युनाइटेडले यही कार्तिक ११ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगिता स्थगित भएको हो ।
बुधबार एक विज्ञप्ति जारी गर्दै बिशेष कारण खेल स्थगित भएको हेमजा युनाईटेडका अध्यक्ष राजेस त्रिपाठीले जानकारी दिनुभयो । बिशेष कारण बस अर्को सूचना नआईञ्जेल सम्मको लागि स्थगित गरिएको जानकारी गर्दछौं ।’ युनाइटेडद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।
युवा एकता र विकासका लागि खेलकुद’ भन्ने नाराका साथ गर्न लागिएको प्रतियोगिताबाट बचेको ५० प्रतिशत रकम हेमजा युनाईटेड एकेडेमी सञ्चालानार्थ खर्च गर्ने लक्ष्य रहेको थियो ।
युनाईटेडले गोल्डकपलाई निरन्तरता दिने, खेल मैदानमा प्याराफिट निर्माणमा थप पहल गर्ने, गौरीशंकर खेलमैदानलाई प्रादेशिक खेलमैदान वनाउन पहल गर्ने उद्देश्यीयका प्रतियोगिता आयोजना गरेको थियो ।
