टुओम्बा ६, अक्टोबर
नेपलिज एसोशिएसन अफ टुओम्बाको छाता संगठन न्याट यूएसक्यू क्लबले अस्ट्रेलियाको टुओम्बामा चङ्गा चेट प्रतियोगिता गर्न लागेको हो ।
क्लबले टुओम्बामा नै पहिलो पटक यही आँउदो अक्टोबर २१ तारिख शनिबार अर्थात फुलपातीका दिन गर्न लागेको हो । कार्यक्रम दिउँसो १ बजेदेखि युर्निभसिटीको स्टुडेन्ट भिलेजको पछाडी बेकर स्ट्रिटको ओभल ग्राउण्डमा सुरु हुने बताइएको छ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिेसेसको मुख्य प्रायोजनमा गर्न लागिएको प्रतियोगितामा
चङ्गा उडाउने तथा चुडाउने, फोटो खिच्ने, सामजिक भेटघाट तथा बच्चाहरुको लागि विशेष चङ्गाको व्यवस्था रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा उपस्थित प्रतियोगि, दर्शक तथा स्वयसवेकहरुलाई सनस्क्रिन क्रीम तथा पानीको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सफल बनाउन टुओम्बा स्थितका विभिन्न सामाजिक संस्था, क्लबहरुको सहयोग रहने न्याट यूएसक्यू क्लबले जनाएको छ ।
इभन्टेलाई सफल बनाउन अस्टे«लिया वाइड टे«नि· इस्टिच्यूट, नेपलिज गुडिज, आरमोस क्याफे टुओम्बाको आर्थिक सहायता रहने न्याट यूएसक्यू क्लबले जनाएको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com