खोजी विशेष संवाददाता
अप्रिल २१, टुओम्बा
नोभा एभरेष्ट क्रिकेट क्लब टुओम्बाको आयोजनामा यसबर्ष पनि टी १० कप हुने भएको छ।
विगतका बर्ष जस्तै यस बर्ष पनि टुओम्बाको न्यू टाउन पार्कमा यही शनिवार २२ तारिख अथार्त भोली विहान ८ बजे देखि साँझ ५ बजे सम्म र फाइनल खेल आइतबार हुने आयोजकले जनाएको छ ।
यसबर्ष पनि अष्ट्रेलियाको व्रिसवेन, टुओम्बा, गोल्डकोष्ट, सनसाइनकोष्ट लगायतका विभिन्न शहरबाट करिब ८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।
टी टेन कप सफल पार्नको लागि प्रतियोगितामा नोभा एजुकेशन एण्ड माइग्रेशन सर्भिेसेसले टाइटल स्पोन्सर गरेको छ। त्यस्तै , अष्ट्रेलिया वाइड टेर्निे· इन्स्टिच्यूट टुओम्बा, नेपलिज गुडिज, क्वीन्सल्याण्ड नेपलिज क्रिकेट एसोसिएसन, एनआरएनए क्वीन्सल्याण्ड अष्ट्रेलिया , नेपलिज एसोसिएसन अफ टुओम्बा, न्याट युएसक्यू क्लब, टुओम्बा नेपलिज फुटबल क्लब र इभेन्ट ३६५ को साथ, सहयोग र समर्थन रहेको आयोजक नोभा एभरेष्ट क्रिकेट क्लब टुओम्बाले जनाएको छ।
त्यस्तै खेल समयावधि भर फोटोग्राफीमा सन्देश ग्राफी र हस्पिटालिटी पार्टनरमा दरबार क्याफे र रेष्टुरेन्ट रहने बताइएको छ ।
नोभा एमरेष्ट क्रिकेट क्लबको आयोजनामा भोली र पर्सि हुने टी टेन कप तेश्रो पटक गरिन लागेको कार्यक्रम हो ।
Pukar Ghimire
Sumit Aryal

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com