खोजी विशेष संवाददाता,
टुओम्बा ६, नोभेम्बर
टुओम्बा नेपलिज फुटबल क्लबको मुख्य आयोजनामा अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा आयोजना भएको टुओम्बा खुकरीकप २०२२ को उपाधि फरएभर योङ फुटबल क्लबले चुमेको छ।
फरएभर योङ फुटबल क्लब र भुटनिज नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्ड बीच भएको फाइनल प्रतिस्पर्धामा ३—२ को अन्तरले फरएभर योङ फुटबल क्लब बिस्रवेनले उपाधि चुमेको हो।उपाधि चुमेसँगै नगद ४ हजार अस्टे«लियन डलरका साथ ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ।
प्रतियोगिताको फाइनल प्रतिस्पर्धी बनेको भुटनिज नेपलिज एसोसिएसन अफ फुटबल क्लबले उपविजेता सँगै नगद १५ सय अस्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्र समेत हात पारेको थियो ।
प्रतियोगितामा तेश्रो स्थान हात पार्न सफल गोर्खा फुटबल क्लबले फुनसेन फुटबल क्लबलाई २—१ को अन्तर पारेर नगद ७ सय ५० अस्टे«लियन डलर सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा म्यान अफ दी म्याच र बेस्ट कीप्पर दुवै विधामा फरएभर योङ फुटबल क्लबका स्यामयूल श्रेष्ठ घोषित भए , त्यस्तै प्लेयर अफ टुर्नामेन्टमा भुटनिज नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डका अदिप मगर, सर्वाधिक गोलकर्ता रोशन लामिछाने भए भने खेल अबधिभर फेयर प्ले टीममा टुओम्बा नेपलिज फुटबल क्लब घोषित हुन पुग्यो । विभिन्न विद्यामा उत्कृष्ट खेलाडीहरुलाई विधागत ट्रफी प्रदान गरिएको थियो ।
टुओम्बा खुकरी कप २०२२ लाई सफल पार्न अस्टे«लिया वाइड टे«नि· इन्स्टिच्यूटले टाइटल स्पोन्सर गरेको थियो भने प्राइम अटो र ज्योर्नि टु अस्टे«लियाले प्लाटिनियम स्पोन्सर गरेको थियो । टुओम्बा नेपलिज फुटबल क्लबले प्रतियोगितालाई सभ्य भब्य रुपमा सम्पन्न बनाउन साथ दिने सम्पूर्ण स्पोन्सरदाता, भोलुन्टियर, कम्यूनिटी सपोर्टर, मिडिया पार्टनर, फोटो तथा भिडियो ग्राफी पार्टनर, हस्पिटालिटी पार्टनर लगायत विभिन्न संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
प्रतियोगिताको समापन समारोहमा टुओम्बाका उपमेयर जियोफ म्याक डोनाल्ड, अस्टे«लिया वाइड टेनि· इन्स्टिच्यूट टुओम्बाका म्यानेजर पुकार घिमिरे, नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डका अध्यक्ष डा. देवराज पौडेल, नेपलिज एसोसिएसन अफ टुओम्बाका अध्यक्ष दिवस चाँपागाई लगायतले संस्थाले सभ्य भव्य रुपमा कार्यक्रम सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गर्दे आगामी दिनहरुमा पनि यस्ता खालका प्रतियोगिताहरु गर्न सुझाव दिनुभएको थियो ।
प्रतियोगिता कुल १२ टीमको सहभागिता रहेको थियो । अस्टे«लियाको क्वीन्सल्याण्ड राज्यको बिस्रवेन , गोल्डकोष्ट, सनसाइन कोष्ट र टुओम्बाका फुटबल क्बलको सहभागिता रहेको थियो ।https://youtu.be/8CyEfB_ZKWs?si=-k9JTfGpIvHT6Rp_

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com