खोजी विशेष संवाददाता
अप्रिल १२, टुओम्बा
एभेरष्ट किक्रेट क्लब टुओम्बाको मुख्य आयोजना तथा अष्ट्रेलिया वाइड ट्रेनि· इस्न्टिच्यूटको मुख्य प्रायोजनमा चाथौ एभरेष्ट टी टेन कफ हुने भएको छ ।

प्रतियोगितामा विजेताले नगद २ हजार ५ सय अस्टे«लियन डलर, ट्रफी मेडल र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत वेस्ट व्याटमान, वेस्ट बलर, प्लेयर अफ दी सीरीज, इर्मजि· प्लेयर लगायत विविध विद्यामा पुरस्कार वितरण गरिने छ ।
शनिवार विहान ९ बजे देखि खेल सुरु हुनेछ । आइतबार ११ बजे, भोलुन्टियर तथा किड्स लगायत अभिभावक विशेष मैत्रपूर्ण खेल समेत हुने जनाएको छ भने २ बजे देखि फाइनल र पुरस्कार वितरण, धन्यवाद ज्ञापनको कार्यक्रम हुने आयोजकले जनाएको छ ।
यो बर्षको कार्यक्रमको लागि टुओम्बा रिजनल काउन्सिलको विशेष सहयोग तथा क्वीन्सल्याण्ड नेपलिज क्रिकेट एशोसिएसन तथा एभिसन एजुकेश तथा भिजा सर्भिेसको विशेष सहयोग रहने क्लब क्याप्टेन पुकार घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न गैर आवासीय नेपाली संघ अस्टे«लियाले प्लाटिनियम स्पोन्सर, विनोद साउद ले गोल्ड स्पोन्सर , दरवार क्याफे गोल्ड स्पोन्सर, क्वीक एण्ड इजी ग्रोसरी तथा एक्सपर्ट एजुकेशन तथा भिजा सर्भिेसेसको सिल्भर स्पोन्सर रहेको आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगितालाई सफल बनाउन टुओम्बा स्थितका नेपलिज एशोशिएसन अफ टुओम्बा, न्याट युएसक्यू सोसाइटी, टुओम्बा नेपलिज फुटबल क्बल र किड्स इभेन्ट टुओम्बाको सहयोग रहने आयोजकले बताएको छ ।
प्रितियोगितामा फोटो ग्राफी तर्फ सन्देश ग्राफी मिडिया पार्टनरमा खोजी विशेष मिडिया पार्टनर र हस्पिटालिटी पार्टनरमा दरबार क्याफे रहेको छ ।
प्रतियोगिता अवधिभर शैलेश थापाले होस्ट र धिरज दाहालले प्राविधिक सहयोग गर्ने क्लबले जनाएको छ ।
२ दिन सञ्चालन हुने प्रतियोगितामा टुओम्बा स्थित खेलप्रेमी दाजुभाई दिदीबहिनी तथा अभिभावक बुवा आमाहरुको उल्लेख्य उपस्थित हुने आयोजकले विश्वास लिएको छ ।
एभरेष्ट क्रिकेट क्लबले बेला बखतमा यस्ता खालकामा प्रतियोगिता सञ्चालन गर्दे आइरहेको छ ।

 

 

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com