खोजी विशेष संवाददाता
डिसेम्बर १५, क्यार्लिफोर्निया
अष्ट्रेलियाको क्वीन्सल्याण्डमा नेपाली समुदाय भित्र सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुने भएको छ ।
टुओम्बा नेपलिज फुटबल क्लबको आयोजनामा यस बर्ष पनि टुओम्बा खुकुरी कप २०२४ हुने भएको हो । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहर स्थित वेस्ट वनर्डस फुटबल क्लबको मैदानमा यही डिसेम्बर २२ तारिख आइतबार हुने प्रतियोगितामा क्वीन्सल्याण्डको विस्रवेन, गोल्डकोष्ट, टुओम्बा लगायतका विभिन्न ठाँउहरुबाट नेपाली र भुटानी नेपाली समुदायबाट आयोजकको २ टीम सहित कुल २१ टीमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेताले नगद ६ हजार डलर, टफी, र मेडल प्राप्त गर्नेछन भने उपविजेताले नगद २ हजार डलर, टफी, र मेडल त्यस्तै सेकेन्ड रनर अफ ले १ हजार डलर, टफी, मेडल र प्रमाण पत्र हात पार्नेछन् ।त्यस्तै प्लेयर अफ दी टुर्नामेन्ट, सर्वाधिक गोलकर्ता, गोलरक्षक लगायतका विभिन्न विधामा नगद तथा मेडल पुरस्कारहरु रहेको टुओम्बा नेपलिज फुटबल क्लबका मिडिया कोर्डिनेटर धिरज दाहालले खोजी विशेषलाई जानकारी दिनुभयो ।
प्रतियोगितामा यो बर्ष AWTI College  ले टाइटल स्पोन्सर गरेको छ ।
हरेक बर्ष टुओम्बा नेपलिज फुटबल क्लबले टुओम्बा स्थितका सामाजिक तथा सामुदायिक नेपाली संघ संस्थाहरु सँग सहकार्य गर्दे प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।
यो बर्षको टुओम्बा खुकुरी कप तेस्रो संस्करणको हो ।
सामाजिक एकता र खेलप्रतिको जोश देखाउन क्वीन्सल्याण्ड स्थितका सम्पूण खेलप्रेमी महानुभावहरुलाई निमन्त्रणा गरिएको दाहालले जनाउनुभयो । गत बर्ष सम्पन्न टुओम्बा खुकुरी कपको उपाधि आयोजक आफैले राख्न भएको थियो ।
प्रतियोगिता सफल बनाउन, आर्थिक, सामाजिक, साँस्कृतिक लगायत, मिडिया, फोटोग्राफी, प्रत्यक्ष प्रसारण, हस्पिटालिटी लगायतका विभिन्न सहयोग प्राप्त संघ संस्थालाई आयोजकले स सम्मान धन्यवाद ज्ञापन समेत गरेको जनाएको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com