खोजी विशेष संवाददाता
क्यार्लिफोनिया, डिसेम्बर
अष्ट्रेलियनको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा आयोजित खुकुरी कपको उपाधि गुर्खा फुटबल क्लब हात पारेको छ ।
डिसेम्बर २२ आइतबार टुओम्बाको वोन्डर फुटबल क्लब मैदानमा भएको फाइनल खेलमा गोल्डकोष्ट नेपलिज फुटबल क्लबलाई ४—३ ले हराँउदै गुर्खा उपाधि जितेको हो । उपाधि जितेसँगै नगद ६ हजार अष्ट्रेलियन डलर, ट्रफी सँगै मेडल हातमा पारेको छ ।गुर्खा लाई च्याम्पियन बनाउनका लागि आशिषले सर्वाधिक गोल गरेका थिए र उनी नै प्रतियोगिताको सर्वात्कृष्ट खेलाडी घोषित भए ।उनले ७ खेलमा १८ गोल गरेका थिए ।
त्यस्तै प्रतियोगिताको उपविजेता बनेको प्रतिस्पर्धी टिम गोल्ड कोष्टले नगद २ हजार ट्रफी र मेडलमा चित्त बुझाउनु परेको छ ।
प्रतियोगितामा तेश्रो स्थान बनाउन सफल ब्रिसवेन नेपलिज फुटबल क्लबले १ हजार डलर र मेडेल प्राप्त गरेको छ ।
एडब्लुटिआइ कलेजको मुख्य प्रायोजनमा आयोजित तेश्रो संस्करणको सेभेन ए साइड खुकुरी कप आयोजक टुओम्बा नेपलिज फुटबल क्लबले सफलता पुर्वक आयोजना गरेको हो ।आयोजकले विगत तीन बर्ष यता खुकुरी कप लगायतका अन्य विभिन्न फुटबलका कार्यक्रमहरु गर्दे, टुओम्बा स्थितका नेपाली समुदायका खेलाडीहरुलाई खेल प्रशिक्षण, क्वीन्सल्याण्डका विभिन्न खेलहरुमा आफनो सहभागिता जनाउदै बेला बखतमा उपाधि समेत हात पार्ने गरेको छ ।
गत बर्ष सम्पन्न खुकुरी कपको उपाधि आयोजक आफैले राख्न सफल भएको थियो ।
यो बर्षको खेल सम्पन्न बनाउन, प्रायोजन, सामुदायिक तथा खेल मैदान सहयोग, रेफ्रीको व्यवस्था लगायत भोलुन्टियर, टुओम्बा स्थितका नेपाली समुदाय लक्षित सामुदायिक संस्थाहरु, खोजी विशेष भिडिया, फोटोग्राफी पार्टनर, खेलपाटी डटकम, हस्पीटालिटी पार्टनर लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागी सहयोगी तथा सुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरेको आयोजकले जनाएको छ ।
