खोजी विशेष संवाददाता
पोखरा १७, चैत
हेमजा युनाइटेडको सातौँ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट कृष्णमान श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति चयन भएको छ ।
शनिवार कास्कीको हेमजामा बसेको हेमजा युनाइटेडको भेलाले सो समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा इनद्र बहादुर कुँवर, सचिवमा महादेव अधिकारी, कोषाध्यक्षमा निराजन अधिकारी, सहसचिवमा बसन्त राज अधिकारी र सदस्यहरुमा क्रमश गौतम सापकोटा, राजु सापकोटा, ईश्वर सापकोटा, सौरभ जंग कार्की, बाबुराम दाहाल, विवेक नेपाली, सीता नेपाली, मधुसुधन बाँस्तोला, सुधिर थापा र मनोज त्रिपाठी चयन भएका छन् ।
हेमजा युनाइटेडले आफनो स्थापना काल देखि नै नव बर्ष शुभकामना कप सञ्चालन गर्दै आइरहनुका साथै बेला बखतमा विभिन्न फुट्बल प्रतियोगिताहरुमा आफनो सहभागिता जनाँउदै कहिले प्रथम, कहिले द्धितीय लगायत कुनै न कुनै विधामा उपाधि हासिल गर्दै आइरहेको छ ।त्यस्तै हेमजा स्थित गैरी खेलमैदानमा फुटबल प्रशिक्षण गराँउदै आइरहेको छ ।
