पोखरा, चैत २३

एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा “प्रथम एलिट भलिबल कप–२०८१” चैत २९ देखि वैशाख १ गतेसम्म पोखरा–३, नदिपुरस्थित एकेडेमीको खेलमैदानमा हुने भएको छ। प्रतियोगितामा पुरुष र महिला दुवै समूहमा प्रतिस्पर्धा हुनेछ। महिला समूहमा प्रथम हुने टिमले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। पुरुष समूहमा पहिलो हुने टोलीले १ लाख नगद तथा दोस्रो हुनेले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई नगदसहित ट्रफी प्रदान गरिनेछ। पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीले रु. ५ हजार, र अन्य विधाका उत्कृष्ट स्पाइकर, सर्भर, सेटर, ब्लकर तथा डिफेन्डरले रु. २ हजार नगद पाउनेछन्। महिलातर्फ उत्कृष्ट खेलाडीलाई रु. ३ हजार र अन्य विधाका खेलाडीले रु. १,५०० नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता संयोजक अरुणा शाही र खेल संयोजक मलिन रोकाका अनुसार यो प्रतियोगिता भलिबलको विकास, विशेष गरी विपन्न महिला खेलाडीको लागि अवसर सृजना गर्ने उद्देश्यले आयोजना गरिएको हो। बचत भएको रकमबाट सम्भावना बोकेका दुई महिला खेलाडीलाई कक्षा ११ र १२ सम्म निःशुल्क अध्ययन तथा प्रशिक्षण दिइने बताइएको छ। खेल संयोजक रोकाले भने, “हामीले कक्षा ६, ७ पढ्ने बालबालिकालाई लक्षित गर्दै ग्रासरुट स्तरबाट नै खेलाडी तयार गर्दैछौं। यसै कारण एकेडेमीको नाम ‘एलिट’ राखिएको हो।” यस प्रतियोगितामा अधिकतम दुई जना राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलाडी सम्मिलित टिम दर्ता गराउन पाउनेछन्। पुरुष समूहको दर्ता शुल्क ६ हजार ५ सय र महिला समूहको ३ हजार ५ सय रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय रेफ्री पहलसिंह थापा मगरले प्रतियोगिता निःशुल्क रेफ्रीको भूमिका निर्वाह गर्ने जानकारी समेत आयोजकले दिएका छन्।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com