खोजी विशेष संवाददाता
पोखरा २१, बैशाख
कास्कीको पोखरा महानगरपालिका वडा नं २५ हेमजा स्थित ढाँडामा रहेको खेलकुद मैदानलाई पुर्न निमार्ण गर्न समिति गठन गरिएको छ ।
शनिवार हेमजाको आभभेलाले सन्देशराज त्रिपाठीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा रामजी त्रिपाठी, सचिवमा विकास त्रिपाठी, कोषाध्यक्षमा भुवन खड्का र सदस्यहरुमा क्रमश डिल्लीराम दाहाल, दयासागर पौडेल, सरोज दाहाल, ममता दाहाल, जिवन त्रिपाठी, उज्वल त्रिपाठी चयन हुनुभएको छ ।
नव गठित टीमले ढाँडामा रहेको खेलमैदान पुर्न निमार्ण गर्ने, स्तरउन्नती गर्ने, खेलकुदमा युवाहरुको सहभागिता बढाउने साथै खेलमैदानको उचित संरक्षण गर्ने जिम्मेवारी रहेको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com