खोजी विशेष संवाददाता
अगस्ट, १५ विस्रवेन
अस्ट्रेलियाको नर्दन टेरीटोरी राज्य स्थित डार्विन शहरमा पनि जनै पूर्णिमा विशेष कार्यक्रम गरिने भएको छ ।
यही आँउदो अगस्ट १९ तारिखका दिन डार्विनको ४४ प्याटरसन स्ट्रीट मालकमा रहेको सिद्दि विनायक हिन्दु मन्दिरमा जनै पूर्णिमा विशेष कार्यक्रम गर्न लागिएको हो ।
नेपलिज एशोसिएसन अफ नर्दन टेरीटोरी र गैर आवासीय नेपाली संघ अस्टे«लिया डार्विन कमिटीको संयुक्त आयोजनामा उक्त पर्व मनाउन लागिएको हो ।
डार्विन स्थित पण्डित द्धारा विधिवत पुजा आजा सहित मन्त्रोउच्चारण गरेर पूजित जनै तागो ग्रहण गर्नका लागि सबैलाई आहवान गरिएको छ ।
श्रद्धालु भक्तजनहरुले विहान ८ः१५ बजे देखि दिउसो १ बजे सम्मको समयाबधिमा मन्दिर स्थलमा उपस्थित भई जनै तथा तागो धारण गर्न सक्नेछन् ।
कार्यक्रममा उपस्थित श्रदालु भक्तजनहरुलाई निशुल्क प्रसादको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
