खोजी विशेष संवाददाता
अगस्ट १५, विस्रवेन
अस्ट्रेलियाको डार्विनमा अभिभावक लक्षित बनभोज कार्यक्रम गरिने भएको छ ।
गैर आवासीय नेपाली संघ अस्ट्रेलिया डार्विन कमिटीको मुख्य आयोजना तथा नेपलिज एशोसिएसन अफ नर्दन टेरीटोरीको सहकार्यमा उक्त गर्न लागिएको हो ।
यही आँउदो अगस्ट २४ तारिख ली पोइन्ट समुन्द्री तट किनारमा गर्न लागिएको अभिभावक लक्षित बनभोज कार्यक्रममा गायन नृत्य, विभिन्न खेल तथा आर्कषक पुरस्कारका साथै लाइभ दोहोरी गीत प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
विहान ९ बजे देखि बेलुका ७ बजे सम्म हुने बनभोज कार्यक्रममा विहानको नास्ता, दिँउसो खाजा तथा साँझको खानाको निशुल्क व्यवस्था गरिने आयोजकले जनाएको छ ।
अभिभावक लक्षित बनभोज कार्यक्रम भएको हुनाले अभिभावकलाई निशुल्क प्रवेशको व्यवस्था रहेको जनाइएको छ ।
कार्यक्रम सम्बन्धित थप जानकारी लिनु परेमा गैर आवासीय नेपाली संघ डार्विन कमिटिका कुनै पनि पदाधिकारी सँग सम्पर्क गर्न सकिने बताइएको छ ।
