न्याटको तीज विशेष कार्यक्रम यही सोमबार हुने सुनिता दुलालको विशेष प्रस्तुती रहने
खोजी विशेष संवाददाता
अगस्ट ३०, टुओम्बा
नेपलिज एशोसिएसन अफ टुओम्बा (न्याट) ले आयोजना गर्न लागेको तीज विशेष कार्यक्रम सेम्टेबर २ तारिख सोमबार हुने भएको छ ।
अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहर स्थित हयारीस टाउन स्टेट स्कुलमा आयोजना गर्न लागिएको कार्यक्रम साँझ ४ः ३० बजे देखि हुनेछ ।
कार्यक्रममा चर्चित लोक दोहोरी गायिका सुनिता दुलालको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
काठमान्डौ प्रपोटिज विशेषको मुख्य प्रायोजनमा हुन लागेको कार्यक्रममा टुओम्बा स्थितका न्याट यूएसक्यू क्लब, टुओम्बा नेपलिज फुटबल क्लब, एभरेष्ट क्रिकेट क्लब , टुओम्बा नेपलिज भलिबल क्लब , नेपलिज किड्स इभेन्ट टुओम्बा लगायत अन्य नेपाली समुदाय भित्रबाट व्यावसायिक संघ संस्थाको सहकार्य तथा सहयोग रहेको नेपलिज एसोशिएसन अफ टुओम्बाका अध्यक्ष धिरज दाहालले खोजी विशेषलाई जानकारी दिनुभयो ।
कार्यक्रमको मिडिया पार्टनरमा खोजी विशेष र फोटोग्राफी पार्टनरमा सन्देश ग्राफी रहेको बताईएको छ ।
कार्यक्रममा स्थानिय कलाकारहरुको तीज विशेष प्रस्तुतीका साथै दरको व्यवस्था समेत गरिएको छ । आयोजकले यसबर्ष अभिभावक तथा स साना बालबालिकाका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाए पनि अन्य व्यक्तिको हकमा प्रवेश शुल्कको व्यवस्था गरेको छ ।
संस्थाले एक पोस्टर सार्वजानिक गर्दे टिकट बुकि· खुल्ला रहेको र पोस्टरमा उपलब्ध गराएको क्यू आर कोड मार्फत आफनो सिट सुरक्षित राख्न अनुरोध समेत गरेको छ । प्रति व्यक्ति प्रवेश शुल्क २० डलर राखिएको छ भने कार्यक्रम स्थलमै डोर प्रवेश शुल्क ३० डलर तोकिएको छ।
उक्त कार्यक्रमको सञ्चालन सन्ध्या फूयाल र सन्जु फूयालले गर्ने आयोजकले जनाएको छ ।
नेपलिज एसोशिएसन अफ टुओम्बाले प्रत्येक बर्ष तीजको अवसर पारेर रमाइलो नाँचगान, भेटघाट तथा दर खुवाउने कार्यक्रम गर्दै आइरहेको छ।

 

 

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com