गोविन्द तिमिल्सिना

हेमजा, १५ भदौ

हेमजा भु. पु सैनिक बचत तथा ऋण सहकारी संस्था पोखरा २५ हेमजाको नवौं वार्षिक साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा न. २५ का कार्यवाहक अध्यक्ष धन कुमारी पोखरेल तिमिल्सिनाले संस्था बचाउन सेयर सदस्यको साथ हुन आवश्यक हुने बताउदै सहभागीता कम भएको उल्लेख गर्नुभयो । नियमित बचतले सहकारी फस्टाउने बताउदै लेखा समितिलाई नियमित निगरानी गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पुर्व वडा सदस्य जितबहादुर कार्की, बिरेन्द्र मा.बि भक्तपुरका पुर्व प्रसासकीय अधिकृत हरिप्रसाद पौडेल, भु.पु सैनिक संघ कास्कीका अध्यक्ष बलराम पौडेल, किसान बहुउद्देश्यीय सहकारीका व्यवस्थापक हरिप्रसाद त्रिपाठी र सेयर सदस्य झकंनाथ तिमिल्सिना लगाएतले शुभकामना दिनु भएको थियो ।

उत्कृष्ट बचत गरेकोमा सुरेश बहादुर सापकोटा , निरन्तर बचतकर्ता सोभा सुनार र उत्कृष्ट कारोबारमा लछुाण सुनारलाई सम्मान गरियो । उपाध्यक्ष कृष्णबहादुर सापकोटाले स्वागत गरि सुरु भएको कार्यक्रममा सहायक व्यवस्थापक ले सहकारीको सात सिद्धान्त वाचन गर्नुभयो । सचिब सेर बहादुर कार्कीले सचिबको प्रतिबेदन र कोषाध्यक्ष श्यामबहादुर कुवँरले आर्थिक प्रतिबेदन प्रस्तुत गरि सभाले पारित गरेको थियो । संस्थाको सेयर पुजी ३ करोड ४९ लाख ६ हजार ५०० रहेकोमा ८ करोड ३६ हजार २९२ निक्षेप संकलन तथा ९ करोड ६ लाख १३ हजार ४२ ऋण लगानी रहेको छ । संस्थाका अध्यक्ष सुरेश बहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शेर बहादुर कार्कीले गर्नु भएको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com