खोजी विशेष संवाददाता
सेम्टेम्बर ३, टुओम्बा
नेपलिज एसोशिएसन अफ टुओम्बाले सोमबार आयोजना गरेको तीज विशेष कार्यक्रममा उपस्थित दर्शकहरु झुमेका थिए ।
कार्यक्रममा चर्चित कलाकार सुनिता दुलालले प्रस्तुति राखिरहँदा उपस्थित दिदीबहिनीहरु दुलाल सँगै तीजका गीतमा नाँचगान समेत गरेका थिए ।
न्याटले हरेक बर्ष तीजको अवसरमा पारेर आयोजना गर्दे आइरहेको कार्यक्रमलाई यसबर्ष काठमान्डौ प्रपोटिज व्रिसवेनले मुख्य स्पोन्सर गरेको थियो ।
सोही कार्यक्रममा उपस्थित माझ गराइएको चिठ्ठा विजेता नेहा सुवेदीले सुनको हार प्राप्त गरेकी थिइन भने त्यस्तै अर्काे विजेता विनोद अधिकारीले ५० डलर बराबरको सायरा ब्यूटी एण्ड सालोन बाट भौचर प्राप्त गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरुले तीजको गीत प्रस्तुत हुनुका साथै नृृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमा उपस्थित नेपाली बुवा आमा दाजु भाई तथा दिदीबहिनीहरुको लागि दरको समेत व्यवस्था गरिएको थियो ।
न्याटले आयोजना गरेको यस बर्षको तीज विशेष कार्यक्रममा विभिन्न क्षेत्र बाट सहयोग, साथ, समर्थन, भोलुन्टियर तथा प्रायोजन गर्ने सम्पूर्ण, व्यक्ति विशेष, व्यवसायीक, सामाजिक तथा सामुदायिक संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेको न्याटका अध्यक्ष धिरज दाहालले खोजी विशेषलाई जानकारी दिनुभयो ।

साँझ ५ः३० देखि १० बजे सम्म भएको कार्यक्रममा करिब ३ सय नेपालीको सहभागिता रहेको अनुमान गरिएको छ । कार्यक्रममा सन्देश ग्राफी र अमिर बाबु मल्ल बाट फोटोग्राफीको व्यवस्था गरिएको थियो । कार्यक्रमको महत्वपूर्ण अंश खोजी विशेष फेसबुक च्यानल बाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।
टुओम्बा स्थित हयारीस टाउन स्टेट स्कुलमा आयोजित कार्यक्रमको सञ्चालन सन्ध्या फूयालले गर्नुभएको थियो ।

 

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com