खोजी विशेष संवाददाता
टुओम्बा २०, सेम्प्टेम्बर
अस्ट्रेलियामा यस बर्ष विजया दशमीको टीका अक्टोबर १३ तारिख आइतबार परेको छ ।
नेपाल लगायत अधिकांश देशमा अक्टोबर १२ तारिख शनिबार विजया दशमीको टीकाको शुभ साइत रहेता पनि अस्ट्रेलियामा भने भोली पल्ट मात्रै शुभ साइत रहने अन्तराष्ट्रिय पञ्चाड्ढ निणार्यक समितिले जनाएको छ ।

अस्ट्रेलियामा मनाइने विजया दशमी पर्वको दशमी तिथि उदयकालिन २०८१ आश्विन २७ गते (२०२४ अक्टोबर १३ तारिख ) भएकाले अस्ट्रेलियामा यसै दिन विजयादशमी टीका ग्रहण गर्नुपर्ने बताइएको छ । नेपालमा आश्विन २६ गते (अक्टोबर १२ तारिख) शनिवार सूर्यादयकालिन दशमी तिथि भएको र २७ गते सूर्यादय कालमा दशमी तिथि नहुनाले नेपालमा आश्विन २६ गते नै विजया दशमी मनाउनु पर्नेछ ।
अन्तराष्ट्रिय पञ्चाड्ढ निर्णायक समितिले अस्ट्रेलियामा लक्ष्मी पूजा औशी तिथि सन्ध्याकाल २०८१ कार्तिक १६ गते (२०२४ नोभेम्बर १ तारिख ) भएकाले अस्ट्रेलियामा नोभेम्बर १ तारिख का दिन लक्ष्मी पूजा गर्नुपर्ने बताइएको छ भने नेपालमा कार्तिक १५ गते अर्थात अक्टोबर ३१ तारिख मा सन्ध्या कालमा औशी तिथि भएकाले १५ गते नै लक्ष्मी पुजा गर्नुपर्ने बताइएको छ ।

 

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com