गोविन्द तिमिल्सिना

हेमजा, ५ असोज

नेपाल रेडक्रस सोसाइटी पोखरा २५ हेमजाको आयोजना तथा स्वास्थ्य कार्यालय कास्कीको सहयोगमा शनिबार हेमजामा डेगीं संक्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा न. २५ का वडा सदस्य कृष्णबहादुर कुँवरले कार्यक्रम सफलताको शुभकामना दिदै महानगरबाट वडामा भएका काम बारे जानकारी गराउनु भयो ।

कार्यक्रममा गौरीशंकर क्याम्पसका प्रमुख कृष्णप्रसाद पौडेल, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा २५ हेमजाका अध्यक्ष देवीप्रसाद अधिकारी लगाएतले बोल्नु भयो । कार्यक्रममा हेमजामा रहेका बिद्यालयका बिद्यार्थी तथा आमा समुहका प्रतिनिधिको सहभागीता रहेको थियो ।

सदस्य मिनबहादुर थापाले स्वागत गरि सुरु भएको कार्यक्रममा कोषाध्यक्ष आरति अधिकारीले सात सिद्धान्त वाचन गर्नु भयो । सभापति नेत्रपाणी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रमा त्रिपाठीले गर्नु भएको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com