खोजी विशेष संवाददाता
सेप्टेम्बर २५, टुओम्बा
नेपलिज एशोसिएसन अफ टुओम्बा र न्याट यूएसक्यू क्बल को मुख्य आयोजना तथा अस्ट्रेलिया नेपाल पब्लिक लिड्ढको प्रस्तुतीमा अस्ट्रेलियाको टुओम्बामा नै पहिलो पटक सडक सुरक्षा सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ ।
अक्टोबर १९ तारिख शनिवार विहान १० बजे देखि १२ बजे सम्म गर्न लागिएको सडक सुरक्षा शैक्षिक सत्र कार्यक्रमको लागि स्थान भने तय भै सकेको छैन ।
सो कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल ट्रिप, नेपलिज किड्स इभेन्ट टुओम्बा, टुओम्बा नेपलिज फुटबल क्लब, एभरेष्ट क्रिकेट क्लब टुओम्बा र टुओम्बा नेपलिज भलिवल क्बलको सामुदायिक साझेदारी रहेको छ ।
न्याटले एक सूचना जारी गर्दे उक्त कार्यक्रम उपस्थित हुनको लागि एक लिड्ढ समेत जारी गरेको छ ।
२ घण्टे सचेतना कार्यक्रमले नेपाल बाट भर्खर अस्ट्रेलिया आउनुभएका नेपाल विद्यार्थी भाई बहिनी र अभिभावकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास लिइएको छ।
