खोजी विशेष संवाददाता
सेप्टेम्बर २५, टुओम्बा
नेपलिज एसोशिएसन अफ क्वीन्सल्याण्डको आयोजनामा अस्ट्रेलियाको विस्रवेनमा दशै तिहार मेला हुने भएको छ।
अक्टोबर ६ तारिख आइतबारमा दिन विस्रवेनको रक्लीय स्थित दी क्रोसिएसन क्लब विस्रवेनमा आयोजना हुने कार्यक्रममा दशै तिहार शुभकामना आदान प्रदान साथै खसी म्याच र क्वीन्सल्याण्डमा रहरे सामाजिक, खेलकुद, साँस्कृतिक तथा सामुदायिक क्षेत्रमा विशेष योगदान पु¥याउनु भएका व्यक्ति विशेषहरुलाई अवार्ड वितरण गरिनुका साथै शैक्षिक क्ष्ँेत्रमा रहेर हाई स्कुल, युनिभसिटी तहमा ब्याचलर, मास्टर तथा पि.एच.डी गरी उच्च अंकमा साथ उपाधि हासिल गरेर नेपाली र नेपालको इज्जत तथा पहिचान बढाउनु भएकाहरुको लागि सम्मान प्रदान गरिने भएको छ ।
नेपलिज एसोशिएसन अफ टुओम्बाले यस अघि नै विभिन्न विद्यामा अवार्ड वितरण गर्नको लागि नोमिनेशन छनोटको लागि आफना आजीवन, साधारण सदस्य तथा क्वीन्सल्याण्ड स्थितका नेपाली समुदायका व्यक्ति विशेषलाई एसोशिएसनको आधिकारीक इमेल आईडी, क्वीन्सल्याण्ड नेपलिज सास्कृतिक केन्द्रको इमेल आईडी बाट समेत सूचना प्रदान गरेको छ
विहान ९ः३० बजे देखि ४ः३० सम्म खेलकुद तथा फन एक्टीभिटिज र सोही दिन साँझ ५ः३० बजे देखि ११ बजेसम्म एक्सीलेन्सी अवार्ड, तथा साँस्कृतिक कार्यक्रम गरिने संस्थाले जनाएको छ ।
उक्त दिन फुटबल भलिवल, किड्स स्पोर्ट तथा फन एक्टीभिटिज, महिला पुरुष तर्फका विभिन्न खेलकुदका कार्यक्रमहरु, एक्सीलेन्स अवार्ड, विभिन्न नेपाली साँस्कृतिक कार्यक्रमहरु, स्थानीय कलाकारहरुबाट गीत संगीत तथा लाइभ व्याण्डको कार्यक्रम राखिएको नेपलिज एसोशिसन अफ टुओम्बाले जनाएको छ ।
नेएक्यूले हरेक बर्ष दशै तिहार खसी म्याच लगायतका विभिन्न खेलकुद, सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरु गर्दे आइरहेको छ।
