खोजी विशेष संवाददाता
अक्टोबर ९, टुओम्बा
अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समिति र नेपाली हिन्दु समाज अस्ट्रेलियाले अस्ट्रेलियामा यो बर्षको विजया दशमीको टीकाको शुभ साइत सार्वजानिक गरेको छ।
यस बर्ष नेपालमा अक्टोबर १२ तारिख शनिबार विजया दशमीको टीका रहेता पनि अस्ट्रेलियाको लागि भने अक्टोबर १३ तारिख आइतबार शुभ विजया दशमीको टीकाको साइत सार्वजानिक गरिएको छ ।
सिड्नीमा विहान ११ बजेर २१ मिनेट, मेल्वर्न ११ बजेर २७ मिनेट, विस्रवेन ११ बजेर २९ मिनेट, क्यानबेरा ११ बजेर १५ मिनेट, एडीलेड ११ बजेर ४५ मिनेट, तास्मानिया ११ बजेर २१ मिनेट, डार्वीन ११ बजेर ११ मिनेट र पर्थमा ११ बजेर २३ मिनेट शुभसाइत रहेको छ ।
मुख्य साइतको शुभारम्भ भैसके पछि माता दुर्गा भवानीको प्रसाद तथा टीका ग्रहण दिनभरी नै मान्यजनह?को हातबाट लगाउन शुभ रहने धार्मिक मान्यता रही आएको छ ।
