अस्ट्रेलियाको टुओम्बामा हुने सडक सचेतना कार्यक्रममा तपाई भाग नलिने ?
खोजी विशेष संवाददाता
अक्टोबर १६, टुओम्बा
नेपलिज एशोसिएसन अफ टुओम्बा र न्याट यूएसक्यू क्बल को मुख्य आयोजना तथा अस्ट्रेलिया नेपाल पब्लिक लिंकको प्रस्तुतीमा अस्ट्रेलियाको टुओम्बामा नै पहिलो पटक सडक सुरक्षा सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ ।
अक्टोबर १९ तारिख शनिवार विहान १० बजे देखि १२ बजे सम्म गर्न लागिएको सडक सुरक्षा शैक्षिक सत्र कार्यक्रम बेकर स्ट्रीट टी १२० यूनी यूएसक्यू को टी बलक मा हुनेछ ।
कार्यक्रमलाई सडक सुरक्षा गतिविधि तथा क्रियाकलाप भिक्टोरिया कन्सुलेट निराजन गौलीले अनलाईन मार्फत प्रस्तुतीकरण गर्नुहुनेछ भने कार्यक्रम स्थलमा लकर भ्याली काउन्सिलका डिजाइन इञ्जिनियर सुभम गिरी र टुओम्बा रिजनल काउन्सिलका इञ्जिनियर लोचन प्याकुरेलले कार्यक्रमलाई सहजीकरण गर्ने कार्यतालिका रहेको लोचन प्याकुरेलले खोजी विशेषलाई जानकारी दिनुभयो ।
सो कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल ट्रिप, नेपलिज किड्स इभेन्ट टुओम्बा, टुओम्बा नेपलिज फुटबल क्लब, एभरेष्ट क्रिकेट क्लब टुओम्बा र टुओम्बा नेपलिज भलिवल क्बलको सामुदायिक साझेदारी रहेको छ ।
न्याटले एक सूचना जारी गर्दे उक्त कार्यक्रम उपस्थित हुनको लागि एक लिड्ढ समेत जारी गरेको छ ।
२ घण्टे सचेतना कार्यक्रमले नेपाल बाट भर्खर अस्ट्रेलियाआउनुभएका नेपाल विद्यार्थी भाई बहिनी, अस्ट्रेलियाको लर्नर लाइसन्स होल्डर र अभिभावकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास लिइएको छ ।
