गोविन्द तिमिल्सिना
हेमजा, ३ कार्तिक
किसान बहुउद्देश्यीय सहकारी संस्था लि. पोखरा २५ हेमजाको २२ ओैँ साधारणसभा शनिबार हेमजामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा न. २५ का सदस्य एवं कार्यवाहक वडा अध्यक्ष धन कुमारी पोखरेल तिमिल्सिनाले कार्यक्रम सफलताको शुभकामना दिदै सहकारी फस्टाउन एन अनुसार चल्नुपर्ने बताउनुभयो । कार्यक्रममा सल्लाहकार धर्मराज बाँस्तोला, सेयर सदस्य जितबहादुर कार्की र सृजना सापकोटा लगाएतले बोल्नु भयो । उपाध्यक्ष भगवती बचगाईले स्वागत गरि सुरु भएको कार्यक्रममा शिक्षा उपसमिति सदस्य प्रेमबहादुर कुँवरले सहकारीको सात सिद्धान्त वाचन गर्नुभयो । सचिब बुद्धिप्रसाद बाँस्तोलाले सचिबको प्रतिबेदन र कोषाध्यक्ष झंकनाथ तिमिल्सिनाले आर्थिक प्रतिबेदन प्रस्तुत गरि सभाले पारित गरेको थियो । संस्थाका अध्यक्ष मोतीराम तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बुद्धिप्रसाद बाँस्तोलाले गर्नु भएको थियो ।
