खोजी विशेष संवाददाता
टुओम्बा ३०, अक्टोबर
नेपलिज हिन्दु सोसाइटी अफ अष्ट्रेलियाले अन्तराष्ट्रिय पञ्चांग निर्णायक समितिको सहयोगमा अष्ट्रेलियाका विभिन्न सहरहरुको लागि महालक्ष्मी पूजा र भाईटीकाका शुभसाईत सार्वजानिक गरेको छ ।
यस बर्ष अष्ट्रेलियामा लक्ष्मी पूजा नोभेम्बर १ तारिख शुक्रबार र भाईटीका नोभेम्बर ३ तारिख आइतबार परेको छ ।
अष्ट्रेलियाका सिड्नीका लागि लक्ष्मीपूजाको समय साँझ ८ बजेर ३५ मिनेट र भाईटीकाको शुभ साइत विहान ११ बजेर ५१ मिनेट रहेको छ ।त्यस्तै मेलर्बनका लागि लक्ष्मीपूजा साँझ ८ बजेर ४५ मिनेट र भाईटीका विहान ११ बजेर ५४ मिनेट उत्तम रहेको छ।
विस्रवेनको लागि लक्ष्मी पूजा साँझ ८ बजेर १६ मिनेट र भाईटीका विहान ११ बजेर ५३ मिनेट उत्तम रहेको छ ।
एडिलेडको लागि लक्ष्मीपूजा साँझ ८ बजेर १६ मिनेट र भाईटीका विहान ११ बजेर ४५ मिनेट उत्तम रहेको छ ।
क्यानवेराको लागि लक्ष्मी पूजा साँझ ८ बजेर २६ मिनेट र भाईटीका विहान ११ बजेर ४७ मिनेट उत्तम रहेको छ ।
तास्मेनियाको लागि लक्ष्मी पूजा साँझ ८ बजेर ७ मिनेट र भाईटीका विहान ११ बजेर ३३ मिनेट उत्तम रहेको छ ।
त्यस्तै पर्थको लागि लक्ष्मीपूजा साँझ ८ बजेर ३९ मिनेट र भाईटीका विहान ११ बजेर ५ मिनेट उत्तम रहेको छ भने डार्विनको लागि लक्ष्मी पूजा साँझ ८ बजेर २१ मिनेट र भाईटीका विहान ११ बजेर ३५ मिनेट उत्तम रहेको छ ।
महालक्ष्मीपूजाको लागि विभिन्न शहरमा तोकिएका समय बाट तीन घण्टा भित्र गर्न सकिने नेपलिज हिन्दु सोसाइटी अफ अष्ट्रेलियाले जनाएको छ ।
