असोज २२, हेमजा । दशैं, तिहार र छठ जस्ता महत्त्वपूर्ण चार्डपर्व लक्षित गरी पोखरा–२५ हेमजा वडा कार्यालयले सोमवार देखि बजार अनुगमन शुरु गरेको छ । चार्डपर्वका समयमा उपभोक्ताहरु ठगिनबाट बचाउन र बजारमा हुने कालोबजारी, मूल्यबृद्धि र म्याद गुज्रिएको बस्तुहरुको बिक्री बितरणलाई नियन्त्रण गर्न हेमजा यम्दी देखि बजार अनुगमन शुरु गरिएको छ ।

पोखरा–२५, हेमजाका अध्यक्ष मोतिलाल तिम्सिना को नेतृत्व बजार अनुगमन गरिएको छ । हेमजा यम्दी देखि खाद्य तथा किराना पसल, खुद्रा पसल, होटेल, फलफूल पसल र फ्रेस हाउस, बेकरी पसल, अटो वर्कसप, गरी करिब एक दर्जन बढी पसलमा अनुगमन गरिएको वडा सदस्य एवं अनुगमन समितीका संयोजक तारा विस्वकर्माले जानकारी दिनुभयो । अनुगमनको क्रममा खाद्य वस्तुको उपभोगको म्याद व्यवसायदर्ता÷नवीकरण, मुल्य–सूचि, नापतौलको प्रमाण, साइनवोड, सरसफाई भए नभएको अनुगमन गरिएको थियो ।

पहिलो दिनको अनुगमनमा म्याद नागेका र अखाद्य बस्तु फेला नपरेको बताइएको छ । सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर गर्ने, मोटरसाइकल सफा गरेको पानी सडकमा फाल्नेलाइ पनी ध्यानकर्षण गरिएको छ । दर्ता नभएको र दर्ता गरेर नविकरण नगरेका व्यवसायहरु लाई ७ दिन भित्र दर्ता गर्न निर्देशन दिएको छ ।

बजार अनुगमन कार्यक्रममा पोखरा महानगरपालिका खाद्य अनुसन्धान अधिकृत स्मिता पौडेल ,वडा सदस्य कृष्ण वहादुर कुवर,वडा सचिव चोलकान्त पौडेल, रेडियो हेमजाका स्टेशन म्यानेजर निराजन अधिकारी, नेपाल प्रहरी ,नगर प्रहरी लगायतकाको उपस्थिति रहेको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com