
गोविन्द तिमिल्सिना
हेमजा, २३ कार्तिक
गैर आवासीय नेपाली संघ जापान र वडा शिक्षा समिति पोखरा २५ को संयुक्त आयोजनामा गरिब, जेहेन्दार तथा अनुशासित बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम बिहीबार पोखरा २५ हेमजामा सम्पन्न भएको छ ।
गैर आवासीय नेपाली संघ जापानका संरक्षक शिबप्रसाद पौडेलले सहयोग गर्न पाउदा खुसी व्यक्त गर्दै हाल कोषमा ३ लाख भएकोमा १० लाख पुर्याउने लक्ष्य रहेको बताउनुभयो । कार्यक्रममा बिष्णु पादुका मा.बिका प्र.अ दिपकराज पौडेल र वडा शिक्षा समिति सदस्य कृष्णबहादुर थापा लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा हेमजामा रहेका ८ सामुदायिक बिद्यालयका १६ बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरियो । गत बर्ष गैर आवासीय नेपाली संघ जापानको सहयोगमा छात्रवृत्ति कोष स्थापना गरिएको थियो । उक्त कोषबाट सामाग्री वितरण गरिएको हो ।
वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य सुवास भण्डारीले र सञ्चालन सूचना अधिकारी ईश्वरीप्रसाद बाँस्तोलाले गर्नुभएको थियो ।
