गोविन्द तिमील्सिना
 हेमजा, २७ असोज
आशिर्वाद क्लब अफ नेपाल हेमजाको आयोजना तथा रोट्रयाक्ट क्लब अफ हेमजाको सहआयोजनामा पोखरा २५ हेमजामा शनिबार नि : शुक्ल आँखा शिविर सम्पन्न भएको छ ।
“स्वस्थ आँखा सुन्दर संसार ” भन्ने उदेश्यका साथ आयोजना गरिएको शिविरमा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग रहेको थियो । वडा नं. २५ हेमजा वडा कार्यालयको समन्वय भएको कार्यक्रममा ६१५ जना लाभान्वित भएका छन् ।६१५ जना उपस्थित आँखा शिविरमा १३० जनालाई चस्मा वितरण गरिएको थियो भने ८ जनाको नि:शुल्क शल्यक्रिया गरिने भएको छ। सो अवसरमा बडा दशै र शुभ दिपावलीको शुभकामना आदानप्रदान गरियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता एवम् वडा नं २५ का वडा अध्यक्ष मोती लाल तिमिल्सिनाले नजिकिदै गरेको बडा दशै र शुभ दिपावलीको शुभकामना दिदै क्लबले गरेको कामको प्रशंशा गर्नुभयो । कार्यक्रम संयोजक बिश्वास तिमिल्सिनाले कार्यक्रम गर्दै सहयोग गर्नु हुने वडा, हिमालयन आँखा अस्पतालका प्राविधिक लगायत सम्पूर्ण उपस्थित व्यक्तित्वलाई धन्यवाद दिनुभयो । रोट्रयाक्ट क्लब अफ हेमजाका पुर्वा अध्यक्ष बिकल थापाले हेमजामा भएका सबै संसस्थाले समन्वय गरेर अझै यस्ता कार्यक्रम संचालन गरे युवालाई थप प्रेरणा मिल्ने बताउनुभयो । कार्यक्रममा विष्णु पादुका माध्यमिक बिद्यालयका प्राध्यापक दीपक पौडेल ,कार्यपालिका सदस्य धनाकुमारी पोखरेल , समाजसेवी दानबहादुर थापा,आशिर्वाद क्लब अफ नेपालका प्रमुख इन्चार्ज बिक्रम बराल लगायत बोल्नु भएको थियो ।
आशिर्वाद क्लब अफ नेपाल हेमजाका अध्यक्ष प्रशान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अनिशा खड्काले र सञ्चालन सचीव बिश्व राज पौडेलले गर्नु भएको थियो ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com