अष्ट्रेलिया ६, अक्टोबर
हेमजा साहित्य प्रतिष्ठान नेपालद्धारा पोखरामा क्रियाशिल साहित्यीक संस्थाहरुको परिचयलाई समेटेर प्रकाशन गर्न लागिएको विशेषाड्ढ चिनारी लोकापर्ण हुने भएको छ ।
बरिष्ठ साहित्यकार तथा भाषाविद मुकुन्दशरण उपाध्यायको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम हेमजा स्थित ग्रीतहाउस पार्टी प्यालेसमा यही असोज २० गते शनिवार अर्थात भोली विहान ७ ः ३० बजे देखि शुरु हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा पोखरा स्थित विभिन्न साहित्यकार, साहित्य अनुरागी तथा साहित्यप्रेमीहरु उपस्थित हुने आयोजकले जनाएको छ ।
प्रतिष्ठानले सोही अवसरमा आफनो नियमित मासिक श्रृ·खला अनुसारको २ सय ४१ आँै शुभप्रभात काव्यमाला समेत गर्नेछ ।
कार्यक्रममा विभिन्न साहित्यीक श्रृष्टाहरुले आ आफना साहित्य सिर्जना वाचन गर्ने आयोजकले जनाएको छ ।
प्रतिष्ठानले कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन, साहित्यकार, साहित्यअनुरागी, प्रतिष्ठानका आजीवन सदस्यहरु लगायत, बुद्धिजिबी, समाजसेवी, तथा पत्रकारहरुलाई निमन्त्रणा गरिसकेको जनाएको छ ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com