
खोजी विशेष संवाददाता
पोखरा २१, असोज
हेमजा साहित्य प्रतिष्ठान नेपाल द्धारा प्रकाशित चिनारी सार्वजानिक गरिएको छ ।
प्रतिष्ठानको शनिबार हेमजामा आयोजित एक कार्यक्रम का बीच सार्वजानिक गरिएको हो ।
प्रतिष्ठानले पुस्तक लोकापर्ण सँगै आफनो नियमित मासिक रचना वाचन कार्यक्रम अन्र्तगत को शुभप्रभात काव्यमाला कार्यक्रमको २ सय ४१ आँै श्रृङखला समेत सम्पन्न गरेको छ ।

भाषाविद् तथा बरिष्ठ साहित्यकार मुकुन्दशरण उपाध्यायले चिनारी पुस्तकको सार्वजानिक गर्दै , नेपाली भाषा बिगार्न नहुने बताउदै भाषा बिग्रेको मा चिन्ता व्यक्त गर्नुभयो । उहाँले अङ्ग्रेजी र हिन्दी भाषा का उदाहरण पेश गर्दै नेपाली भाषा मा बिभक्ती लाई छुट्याउनु पर्ने र नेपाली भाषा मा प्रयिग गरिने शहर, सहिद, कानून जस्ता हजारौं शब्द लाई त्रिवि ले अगाडी सारेको सहर, सहिद, कानुन जस्ता हजारौं शब्दहरु अशुद्ध भएको ठोकुवा गर्नुभएको थियो । उहाँले नेपाली भाषा नेपाल मा मात्र नभइ भारत दार्जिलिङ लगाएत का ठाउँ मा पनि प्रयोग गरिने हुँदा विश्वभरी रहेका नेपालीहरु ले प्रयोग गर्ने भाषा मा एक रुपता हुनु पर्ने मा जोड दिनु भयो ।

बिमोचित पुस्तक को समिक्षा गर्दै समिक्षक रुपेन्द्र प्रभावित ले प्रतिष्ठान ले पोखरा स्थित साहित्यिक संस्थाहरु मा भाईचारा को सम्बन्ध लाई बिस्तार गरेको बताउनु भयो । उहाँ ले पुस्तक मा रहेको रजतजयन्ती को लोगो को अर्थ खुलाउँदै पुस्तक ले साहित्यिक संस्थाहरु को परिचय, आफ्नो रजतजयन्ती को चिनारी र हेमाजा का धरती पुत्र मुकुन्दशरण उपाध्याय बाट प्रस्तावित व्याकरण अर्थात शुद्ध नेपाली भाषा को चिनारी दिँदै त्रिबेणि को संगम बनेको बताउनु भयो । कार्यक्रम मा स्वतन्त्र पत्रकार महासंघ का अध्यक्ष असफल गौतम, गण्डकी प्रज्ञा प्रतिष्ठान का प्राज्ञ सभा सदस्य कृष्णप्रसाद पौडेल, प्रतिष्ठान का संस्थापक सचिव कोबिदशरण उपाध्याय, निवर्तमान अध्यक्ष छन्दमणि त्रिपाठी लगायत ले बोल्नु भएको थियो ।

कार्यक्रम मा साहित्यकारहरु वसन्त चालिसे, चन्द्रावती वाग्ले, कल्याण पन्त, आवाज शर्मा लगायत ले आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रम मा साहित्यकार, साहित्यअनुरागी, पत्रकार, समाजसेवी तथा हेमजा साहित्य प्रतिष्ठान का आजीवन सदस्यहरु को उपस्थिति रहेको थियो ।
हेमजा साहित्य प्रतिष्ठान नेपाल ले आफ्नो रजतजयन्ती को अवसर मा असार १६ गते आयोजित पोखरा मा क्रियाशील साहित्यिक संस्थाहरु को अन्तरक्रिया कार्यकाम बाट प्राप्त भएका र प्रतिष्ठान को इमेल ठेगना मार्फत प्राप्त भएका साहित्यिक संस्थाहरु को परिचय लाई समेटिएको पुस्तक ू चिनारी ू मा पोखरा का २६ साहित्यिक संस्थाहरु को परिचय लाई समेटिएको छ ।

हेमजा साहित्य प्रतिष्ठान नेपाल का अध्यक्ष बलराम पौडेल को अध्यक्षता मा सम्पन्न कार्यक्रम मा स्वागत उपाध्यक्ष सुनिल गायक ले र कार्यक्रम सञ्चालन सचिव परशुराम अधिकारी ले गर्नु भएको प्रतिष्ठान का अध्यक्ष बलराम पौडेल ले खोजी विशेषलाई जानकारी दिनुभयो।

