बलराम पौडेल

पोखरा ९, मंसिर

पोखरा महानगरपालिका वडा नं २५ हेमजा स्थित हेमजा साहित्य प्रतिष्ठान नेपाल ले आफ्नो वार्षिक मुखपत्र हिमशिखर को २४औं अङ्क लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम लाई प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठान का सदस्य सचिव मनकुमार श्रेष्ठ बाट व्यानर वाचन तथा हस्ताक्षर गरि उदघाटन गरिएको थियो । हिमशिखर २४औं अङ्क लाई प्रमुख अतिथी , गण्डकी प्रज्ञा प्रतिष्ठान का सदस्य सचिव मनकुमार श्रेष्ठ, विशेष अतिथि गौरीशंकर बहुमुखी क्याम्पस का प्रमुख प्राज्ञ कृष्णप्रसाद पौडेल, समिक्षक डा. तुलसी प्रभास, समाजसेवी विश्वमोहन गौचन, संस्थापक सचिव कोविदशरण उपाध्याय, संरक्षक वसन्त बाँस्तोला, कार्यक्रम का सभापती एवम् संस्था का अध्यक्ष बलराम पौडेल लगायत का व्यक्तिहरु ले संयुक्त रुप मा लोकार्पण गरेका थिए ।

संस्था बाट प्रकाशित हिमशिखर २४औं अङ्क को समिक्षा गर्दै अनुसन्धान विज्ञ एवम् समिक्षक डा. तुलसी प्रभात ले हिमशिखर साहित्यिक विधा मा मात्र केन्द्रित नरहेर स्थानीय जातजाति, भाषा, सस्कृती, रहन सहन, धर्म आदि का बारे मा लेखिएका लेख लाई समेटेर हिमशिखर लाई बिधालय मा पढने बिद्यार्थीहरु लाई आवश्यक पर्ने सामाग्री का रुप लैजानु पर्ने मा जोड दिए । लोकार्पण कार्यक्रम मा गौरीशंकर बहुमुखी क्याम्पस का प्रमुख प्राज्ञ कृष्णप्रसाद पौडेल, समाजसेवी विश्वमोहन गौचन, संस्थापक सचिव कोविदशरण उपाध्याय, संरक्षक वसन्त बाँस्तोला, स्वतन्त्र पत्रकार संघ कास्की का अध्यक्ष साहित्यकार असफल गौतम लगायत का व्यक्तिहरु ले आफ्ना मन्तव्य राखेका थिए ।

कार्यक्रम मा प्रमुख अतिथी को मन्तव्य राख्दै गण्डकी प्रज्ञा प्रतिष्ठान का सदस्य सचिव ले प्रज्ञा प्रतिष्ठान ले स्थापना काल देखि हाल सम्म गरेको कार्य प्रगति को उल्लेख गर्दै आगामी दिन मा प्रतिष्ठान सँग हातेमालो गर्दै आफ्ना गतिविधि लाई अगाडि बढाउने बताए । २४३ औ शृङ्खला शुभप्रभात काव्यमाला लाई जोडिएको उक्त कार्यक्रम मा सुनिल गायक, दिवाकर पौडेल, रीता थापा, शृङ्खला त्रिपाठी, आर्या त्रिपाठी लगायत ले आफ्ना रचना वाचन गरेका थिए । संस्था का अध्यक्ष बलराम पौडेल को अध्यक्षता मा सम्पन्न कार्यक्रम लाई उपाध्यक्ष सुनिल गायक ले स्वागत मन्तव्य र सचिव परशुराम अधिकारी ले सन्चालन गरेका थिए ।

 

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com