
हेमजा, १३ माघ
हेमजा साहित्य प्रतिष्ठान नेपाल द्वारा मासिक रुप मा सन्चालन गरिदैँ आएको शुभप्रभात काव्यमालाको २४५ औं शृङ्खला शनिबार पोखरा २५ हेमजामा समपन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि धवलागिरि बोर्डिङ स्कुल का संस्थापक प्राचार्य शिव बहादुर रेग्मी ले हरेक मा फरक खालको क्षमता हुने र त्यसलाई बुझेर मेहेनत गर्दै निखार्नु पर्ने बताउदै आफु र आफ्नो विद्यालय को तर्फबाट साथ सहयोग गर्ने बताउनु भयो । कार्यक्रम मा गण्डकी प्रज्ञा प्रतिष्ठान का प्राज्ञ तथा प्रतिष्ठान का पूर्व अध्यक्ष कृष्ण प्रसाद पौडेल, गण्डकी प्रज्ञा प्रतिष्ठान का प्राज्ञ छन्दिका त्रिपाठी , हेमजा साहित्य प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष छन्दमणि त्रिपाठी, प्रतिष्ठान का पूर्व उपाध्यक्ष प्रकाश चन्द्र सापकोटा, लगायतले आफ्नो भनाई एवम रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रम मा निकेश गायक, अपेक्षा विक, अनुष्का परियार, अनिल थापा सम्वर बहादुर गायक, गोविन्द गायक, सन्जिप विक आर्या त्रिपाठी बसन्त राज त्रिपाठी, षष्ठी वल्लभ तिवारी र हेमजा साहित्य प्रतिष्ठान नेपाल ले आयोजना गरिरहेको सारङ्गी प्रशिक्षण मा प्रशिक्षितहरु प्रतिक गायक, असिम गायक, अरुणा गायक, विद्या श्री गायक, प्रकृति गायक संगम गायक प्रनिश गायक, प्रितिका गायक विजय रसाईली, आशा विक, पुजा विक, पुष्पा नेपाली, अन्जली नेपाली, सुशान्त विक,शिशिर विक र बसन्त रसाईली ले सारङ्गीको धुनमा सबैलाई आनन्दित तुल्याएका थिए।
प्रतिष्ठान नेपाल का उपाध्यक्ष सुनिल गायकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष रिता कार्की कुँवर ले र सञ्चालन प्रतिष्ठान सदस्य दिवाकर पौडेल ले गर्नु भएको थियो ।
