बलराम पौडेल
पोखरा ८, श्रावण
हेमजा सहित्य प्रतिष्ठान नेपाल ले मङ्गलवार पोखरा–२५, हेमजा मा रजत वर्ष २०८० विषयक अन्तरक्रिया तथा २५०औं शुभप्रभात काव्यमाला कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख अतिथि संस्कृतिककर्मी तथा कवि तीर्य श्रेष्ठ ले कार्यक्रम लाई सम्बोधन गर्दै नेपाली भाषा माथि विभिन्न बाहान मा राज्य संस्था बाट नै बलत्कार भएको उल्लेख गरे । उनले हामी ले बोल्ने भाषा नै लोप भयो भने हामी आफ्नै अस्तित्व बाट हराउने छौं भन्दै भाषा संरक्षण गर्न आफ्नै घर बाट शुरु गर्दै जानु पर्ने मा जोड दिए । उनल हेमजा ले नेपाली साहित्य मा पुर्याएको योगदान को मुक्तकन्ठ ले प्रशंंसा गरेका थिए ।
स्वतन्त्र पत्रकार संध का निवर्तमान अध्यक्ष एवम् समिक्षक असफल गौतम ले प्रतिष्ठान ले रजत वर्ष को अवसर मा गरेका विविध कार्यक्रम को बारे मा प्रतिष्ठान बाट प्रकाशित साहित्यिक भित्तेपात्रो मा नजर लागाए पुग्ने कसैले मुख फोर्न नपर्ने भन्दै प्रतिष्ठान आफू पानी मा भिजेर भए पनि अरु लाई ओत दिन अग्रसर रहेको संस्था लाई ओत को व्यवस्था मिलाउन का लागि हेमजाबासी, सरकारी निकाय र जनप्रतिनिधीहरु को ध्यान जानुपर्ने बताए । उनले हेमजा साहित्य प्रतिष्ठान नेपाल ले पोखरा का साहित्यिक संस्थाहरु मा आफू लाई क्रियाशील संस्था साबित गरेको मा वर्तमान कार्यसमिति लाई बधाई का साथ प्रतिष्ठान को उत्तरोत्तर प्रगति को शुभेच्छा राखेका थिए। पोखरा,२५- हेमजा का संस्थापक वडा अध्यक्ष एवम् प्रतिष्ठान का पूर्वअध्यक्ष शोभाकर तिम्सिना ले प्रतिष्ठान वर्तमान अवस्था सम्म ल्याउन का लागि कार्यसमिति मा रहेर प्रत्यक्ष वा अप्रत्यक्ष रुप मा सहयोग पुर्याउनेहरु प्रति आभार प्रकट गर्दै २५औं वर्ष मा प्रवेश गरेको संस्था ले युवा जोश का साथ अगाडि बढेको मा वर्तमान कार्यसमिति लाई धन्यवाद दिएका थिए।
कार्यक्रम मा बोल्दै वडा नं २५ हेमजा का वडा सदस्य, समाजसेवी एवं सामाजिक अभियन्ता कुष्ण बहादुर कुँवर ले वर्तमान समय मा निर्वाचित जनप्रतिनिधिहरु ले वडा को बिकास मा आफ्ना विवेक ले भ्याए सम्म कम्मर कसेर लागेको र एसको नतिजा महसुस गर्न केही समय को प्रतीक्षा गर्नुपर्ने बताए । साथै वडा को बिकास मा सम्पूर्ण जनमास बाट सहयोग भएको मा धन्यवाद व्यक्त गर्दै सगयोग को अपेक्षा समेत राखेका थिए । उनले प्रतिष्ठान ले साहित्य को साथै सामाजिक बिकास मा पुर्याएको योगदान को प्रशंसा गर्दै वडा ले एस कार्य को मुल्यांकन गरिरहेको बताए । प्रतिष्ठान का सचिव परशुराम अधिकारी ले संस्था को वाषिर्क कार्य प्रगती प्रस्तुत गर्दै आज संचालित कार्यक्रम ४०औं कार्यक्रम रहेको जानकारी गराएका थिए ।
प्रतिष्ठान ले आफ्नो स्थापना दिवस को अवसर मा हेमजा सहित्य प्रतिष्ठन प्रति स्नेह भाव राखी भाषा, कला, सहित्य, संस्कृति को संरक्षण सहित सभ्य समाज निर्माण मा पहरेदारी गर्नुहुने, प्रतिष्ठान लाई हरेक क्षेत्र बाट सहयोग पुर्याउनु भएका व्यक्तिहरु लाई सम्मान गरेको थियो । प्रतिष्ठान बाट सम्मानित हुनेहरु मा डा.पुष्पा के.सी भण्डारी र वसन्तराज बास्तोला लाई संस्था को संरक्षक पद बाट सम्मान गरेको थियो । अरु सम्मानित हुनेहरु मा संस्कृतिकर्मी तथा कवि तीर्थ क्षेष्ठ, बहुप्रतिभा का धनी समिक्षक एवम् पत्रकार असफल गौतम, कवि तथा सहित्यकारहरु छन्दिका त्रिपाठी, शिव त्रिपाठी, देवि त्रिपाठी, संस्कृतिकर्मी तथा गायक सम्मरबाहदुर गायक, सञ्चारकर्मी निराजन अधिकारी, श्रीभद्र पौडेल, वडा नं २५ हेमजा का वडा सदस्य समाजसेवी एवं सामाजिक अभियन्ता कुष्णबहादुर कुवंंर लाई दोसला तथा प्रशंसा पत्र द्वारा सम्मान गरिएको थियो । प्रतिष्ठान द्वारा मासिक रुप मा संचालन गरिने शुभप्रभात काव्यमाला कार्यक्रम मा भाग लिँदै गीताञ्जली साहित्य प्रतिष्ठान का सचिव नरेन्द्र रानाभाट,सहित्यकार तथा गितकार चन्द्रावती वाग्ले,कवि तथा साहित्यकार वसन्त प्रसाद चालिसे, कवि शिव त्रिपाठी, गण्डकी प्रज्ञा प्रतिष्ठान कि सदस्य प्राज्ञ छन्दिका त्रिपाठी, गन्धर्व सारङ्गी पाठशाला का भाइबहिनी लगायत ले आफ्ना रचना वाचन गरेका थिए।
हेमजा सहित्य प्रतिष्ठान नेपाल का अध्यक्ष बलराम पौडेल को अध्यक्षता मा सम्पन्न कार्यक्रम मा प्रतिष्ठान का उपाध्यक्ष सुनिल गायक ले स्वागत र प्रतिष्ठान का सचिव परशुराम अधिकारी ले कार्यक्रम संचालन गरेका थिए ।
