खोजी विशेष संवाददाता
असोज ३, पोखरा

राधा–लक्ष्मी स्मृति पुरस्कार शैक्षिक तथा धार्मिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका शिक्षासेवी एवम् पण्डित माधवशरण बाँस्तोलालाई अर्पण गरिने भएको छ ।

साहित्यिक, शैक्षिक, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व लक्ष्मीशरण उपाध्याय र सहधर्मिणी राधा पौडेलको स्मृतिमा परिवारद्वारा स्थापित पुरस्कार हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित छ । उक्त पुरस्कारको राशि १५०००/- नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ ।

प्रतिष्ठानले कास्कीको हेमजामा जन्मेर लामो समयसम्म शिक्षा एवम् धार्मिक सेवामा समर्पित रहि शिक्षासेवाबाट अवकाश लिई धार्मिक क्षेत्रमा अग्रसर बनी विभिन्न धार्मिक पिठहरुका संचालक समितिको नेतृत्व लिगि, धर्मको माध्यम ( सप्ताह, एकाह, पुराण वाचन एवम् धार्मिक कार्य ) बाट समाजमा पु¥याएको योगदानको उच्च कदर गर्दै बाँस्तोलालाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । प्रतिभा छनौट उपसमितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले सर्वसम्मत पारित गरेको हो ।

लक्ष्मीशरण उपाध्याय र राधा पौडेलको स्मृतिमा पुत्रद्वय केशवशरण पौडेल र माधवशरण पौडेल परिवारद्वारा स्थापित कोषको व्याजबाट हरेक वर्ष उक्त पुरस्कार अर्पण गरिदै आइएको छ । यसअघि उक्त पुरस्कारबाट छन्दनायक माधव वियोगी, शिक्षासेवी चतुरमान श्रेष्ठ पुरस्कृत भइसकेका छन् । पुरस्कार असोज ८ गते पोखरामा एक समारोहका बीच अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले जानकारी दिए ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com