पोखरा, ८ असोज ।

हेमजा साहित्य प्रतिष्ठन नेपाल द्धारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार बाट पण्डित माधवशरण बाँस्तोला पुरस्कृत हुनभएको छ ।

स्व. लक्ष्मी शरण उपाध्याय को ८७औं स्मृति दिवस को अवसर पारी असोज ६ गते पोखरा महानगरपालिका वडा नं २५ को पुरानो वडा कार्यालय को सभाहल मा एक कार्यक्रम को आयोजना गरी बाँस्तोला लाई  पुरस्कृत गरिएको हो ।

कार्यक्रम मा प्रमुख अतिथी पोखरा महानगरपालिका कि कार्यपालिका सदस्य एवम् वडा नं.२५ कि कार्यवहाक अध्यक्ष धन कुमारी पोख्रेल तिम्सिना ले दोसल्ला , हेमजा साहित्य प्रतिष्ठान नेपाल का अध्यक्ष बलराम पौडेल ले सम्मानपत्र, पुरस्कार संरक्षक केशवशरण पौडेल ले नगद, पुरस्कार संरक्षक माधवशरण पौडेल ले माला र डा.श्यामशरण पौडेल ले अबिर लगाएर संयुक्त रुप मा बाँस्तोला लाई सम्मान गरेका थिए । पुरस्कार को राशी नगद १५ हजार सम्मान पत्र र दोसल्ला रहेको थियो । धर्म, अध्यात्म को श्रीवृद्धि तथा संरक्षण मा क्रियाशिल रहेर सभ्य र समुन्नत समाज निर्माण मा पु¥याउनु भएको योगदान को कदर स्वरुप यो पुरस्कार बाट बाँस्तोला लाई पुरस्कृत गरिएको हो । हरेक वर्ष असोज ८ गते लक्ष्मीशरण उपाध्याय को जन्मदिन पारेर प्रदान गरिने “राधा-लक्ष्मी” पुरस्कार एस अघि छन्दनायक माधव वियोगी र शिक्षासेवी चतुरमान श्रेष्ठ लाई प्रदान गरिएको थियो । साहित्य, शिक्षा, धार्मिक र सामजिक क्षेत्र मा योगदान पुर्याउनु भएका स्वर्गीय लक्ष्मी शरण उपाध्याय को स्मृति मा उहाँको परिवारजन द्वारा स्थापित २ लाख २५००० अक्षयकोष को ब्याज रकम बाट सोही क्षेत्र को बिकास मा योगदान पुर्याउनु भएका व्यक्तिहरु लाई प्रदान गरिनेछ। उक्त कोष मा उमाकान्त पौडेल ले आजै थप गरेको रु ५ हजार र प्रतिष्ठान को तर्फ बाट कार्यक्रम सन्चालन खर्च बाट बचत गरेको रु ५०००/- थप गरी २ लाख ३५ हजार पु¥याइएको अध्यक्ष पौडेल ले जानकारी गराए । कार्यक्रम मा प्रमुख अतिथी को मन्तव्य राख्दै पोखरा महानगरपालिका वडा नं. २५ कि कार्यावहाक अध्यक्ष तिम्सिना ले स्व.लक्ष्मीशरण उपाध्याय हेमजा को मात्रै नभएर पोखरा कै इतिहास भएको बताउँदै उहाँलाई जिवन्त राख्ने काम परिवार ले गरेको उल्लेख गरिन । “अहिले आफ्ना वुवा आमा वृद्ध भएपछि वृद्धाश्रम मा लगेर राख्ने प्रचलन बढेको बेला आफ्ना वुवा आमा को सम्झना मा अक्षयकोष को स्थापना गरि उनीहरु लाई जीवन्त राख्ने एस पुण्य काम बाट नयाँ पुस्ता लाई सिक्ने अवसर मिल्ने छ” भन्दै परिवारजन लाई धन्यवाद व्यक्त गरेकी थिइन । कार्यक्रम मा बोल्दै पोखरा महानगरपालिका वडा नं. २५ का संस्थापक वडा अध्यक्ष एवम् प्रतिष्ठान का पुर्व अध्यक्ष शोभाकर तिमिल्सिना ले यो कार्यक्रम नयाँ पुस्ता को लागि प्रेरणा बन्ने बताए । पोखरा महानगरपालिका वडा नं. २५ का वडा सदस्य कृष्णबहादुर कुँवर ले स्व. लक्ष्मी शरण उपाध्याय ले गरेका कार्य लाई हामी ले पछ्याउनु पर्ने बताए । वर्तमान समय मा पैसा तिरेर सम्मान लिने परिपाटी बढेको छ । एस्तो समय मा प्रतिष्ठान ले पैसा को लोभ नगरी काम को मुल्याङ्कन गरेको मा खुशी प्रकट गरेका थिए । हेमजा साहित्य प्रतिष्ठान नेपाल का पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेल ले स्वर्गीय लक्ष्मीशरण उपाध्याय को योगदान को स्मृति गर्दै सम्मानित व्यक्ति को व्यक्तित्व बारे चर्चा गरेका थिए। पुरस्कृति व्यक्तित्व माधवशरण बास्तोला ले स्व. लक्ष्मीशरण उपाध्याय ले आफू लाई पनि पढाएको स्मरण गर्दै उनको योगदान समाज ले कहिल्यै बिर्सन नहुने उल्लेख गरेका थिए। अक्षयकोष का संरक्षक केशवशरण पौडेल ले वुवा आमा को सम्झना मा राखिएको यो अक्षयकोष लाई बढाएर अझै फराकिलो बनाउँदै लैजाने वचन व्यक्त गरेका छन । कार्यक्रम मा प्रतिष्ठान द्वारा मासिक रुप मा सन्चालन गर्दै आएको शुभप्रभात काव्यमाल कार्यक्रम को २५२औं शृङ्खला अन्तर्गत डा.अनिल थापा, संरक्षक वसन्त बाँस्तोला “चिन्तित”, समाजसेवी ऋषिराम पौडेल, राजेन्द्र बांँस्तोला लगायत ले मन्तव्य तथा रचना वाचन गरेका थिए । हेमजा साहित्य प्रतिष्ठान नेपाल का अध्यक्ष बलराम पौडेल को अध्यक्षता मा सम्पन्न कार्यक्रम मा उपाध्यक्ष सुनिल गायक ले स्वागत मन्तव्य , अक्षयकोष का संरक्षक माधवशरण पौडेल ले धन्यवाद मन्तव्य राखेका थिए भने प्रतिष्ठान का सचिव परशुराम अधिकारी ले कार्यक्रम सन्चालन गरेका थिए ।

By admin_khojibises

खोजी विशेष मिडिया अस्ट्रेलिया बाट सञ्चालित नेपाली मिडिया हो । जसमा अस्ट्रेलियाको नेपाली समुदाय भित्र हुने गरेका विविध गतिविधि तथा क्रियाकलाप समावेश गरिदै आएको छ। यस गरी नेपालको राजनीति , शिक्षा स्वास्थ, खेलकुद मनोरञ्जन लगायतका विविध विषयवस्तुहरूलाई समेट्दै सूचना तथा समाचारका माध्यम बाट आम जनमानसलाई सू सुचित गरिदैँ आएको छ। परदेशी भूमिमा रहेर पनि नेपाली भाषामा समाचार, विविध विषयवस्तु तथा सूचना दिने हाम्रो प्रयास हो । हामी वेभसाईट सँगै अन्य विभिन्न Social Media Platform मार्फत सूचना, समाचार तथा मनोरञ्जन प्रदान गरिरहने छौ । youtube : Khojibises Tiktok : khojibisestv instragram : khojibises facebookpage : khojibises if you have anything about your concern to us you can contact : khojibises@gmail.com